न्यूज अपडेट
काठमाडाैं, २६ साउन

हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिव ७ हजार ६ सय सवारी साधन नाकाबाटै फिर्ता भएका छन् । सरकारले कोरोना भाइरसको संत्रमणको दर बढेसँगै उपत्यकाका नाकामा विना पास आएका सवारी साधनमा कडाइ गर्न भन्दै नाकाबातै फिर्ता गरेको हो ।
त्यस्तै गृहमन्त्रालयक अनुसार यातायातमा जोर विजोर प्रणालीको पालना गर्ने गराउने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने लगायतका निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन समेत पटक पटक निर्देशन र परिपत्रहरु भएका छन् ।
सवै सुरक्षा निकाय र सवै जिल्ला प्रशासन कार्यालयहरुमा प्रेषित निर्देशन बमोजिम हालसम्म मास्क प्रयोग नगरी हिड्ने करिव ३ लाख ९६ हजार जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको छ । हालसम्म अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिव ७ हजार ६ सय सवारी साधन र करिव १९ हजार ४ सय यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको गृहमन्त्रालयले जनाएको छ ।
तोकिएको निर्देशन विपरित हालसम्म सवारी चलाउने करिव१ लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई होल्ड गरिएको छ भने हालको जोर विजोर प्रणाली पश्चात सो प्रणाली विपरित सवारी चलाउने करिव ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारवाही गरिएको छ ।
गृहमन्त्रालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।