पीसीएल नर्सिङ लाइसेन्स परीक्षामा १९ प्रतिशत मात्रै पास

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाै, १० मंसिरmessenger sharing button

स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत फेल भएका छन्। नेपाल नर्सिङ परिषद्ले राजधानीका दुईवटा परीक्षा केन्द्रहरुमा शनिबार बिहान लिएको लाइसेन्स परीक्षामा पीसीएल तर्फ सहभागीमध्ये ८१ प्रतिशत फेल भएका हुन्।
परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएकामध्ये २४६ जना ( १९.३४ प्रतिशत) मात्रै पास भएका छन् ।
बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधा भन्दा बढी फेल भएका छन्।  बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३ प्रतिशत) पास भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *