काठमाडौं उपत्यकामा ४४ जना नयाँ संक्रमित थपिए, कुल संक्रमितको संख्या १,१८०

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २६ साउन

सोमबार काठमाडौं उपत्यकामा ४४ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जना कोरोना संक्रमित देखिएका हुन्।

काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ११८० पुगेको छ। काठमाडौंमा ९४८, ललितपुरमा १४३ र भक्तपुरमा ८९ संक्रमित पुष्टि भएका छन्।

सोमबार देशभर ३३८ संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ भने १४० जना संक्रमित निको भएका छन्। निको हुनेहरुको संख्या सोमबार १६ हजार ४ सय ९३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *