थप ५ जनाको निधन

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २४ साउन

एकै दिन ४६४ जना संक्रमित थपिए,४२५ जना डिस्चार्ज

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको  संख्या  २२,६७८ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जनाकारी दिए ।

त्यस्तै शुक्रबार थप ४२५ जना संक्रमितले कोरोना जितेका छन् । यो सँगै कोरोना जितेर घर फर्किनेको संख्या १५,८१४ जना पुगेको स्वास्थ्यल मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना कारण ५ जनाको निधन भएको छ । यो सँगै कोरोनाका कारण निधन हुनेको संख्या ७० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *