सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २३ साउन

सुनचाँदीको मूल्य दिन दिनै आकाशिदै गएको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेको छ । आज सुन तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । त्यस्तै चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि, ठूला देशकोबीचको आन्तरिक कलहका साथै विश्वव्यापी कोरोना महामारीका कारण सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *