सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो खस्दा ८ जना बेपत्ता

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

सिन्धुपाल्चाेक, १९ साउन

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजनालाई भने प्रहरीले उद्धार गरेको छ ।

कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन सक्ने प्रहरीले जनाएको छ । विहानको दुई बजे प्रहरीले एक जनालाई उद्धार गरेको थियो ।

तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई जीवितै उद्धार गरेर प्रारम्भिक उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना मजदुर पहिरोमा पुरिएको र उनीहरुलाई अझै ननिकालिएको बताए । प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी प्रयास भइरहेको जनाएको छ । नेपाली सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *