४३३ कोरोना संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ मंसिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ३३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ५८ जना भेन्टिलेटरमा र ३ सय ७५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५९ जना आइसियु र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७२ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ४ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९४ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्।

आइतबार ४ सय १४ जना संक्रमित आइसियु÷भेन्टिलेटरमा उपचाररत रहेका थिए।

नेपालमा २ लाख ३३ हजार ४ सय ५२ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख १४ हजार ५ सय २१ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ५ सय ८ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *