पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनालाई कोरोना पुष्टि

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज  अपडेट संवाददाता

काठमाडाैं, ११ असार

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा १४ हजार  ३५१ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४६ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ९ हजार ५८६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७२१  र ४ हजार ७६५ जनाको एन्टीजेन परीक्षण गर्दा ६५५ जना संक्रमित पुष्टि भएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९४५ जना संक्रमितको मृत्यु भएको छ।

२४ घण्टामा देशभर ५ हजार ४५५ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४१३ जना संक्रमित निको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *