प्रचण्डसहित चार शीर्ष नेताको गोप्य बैठक, ओली विरुद्ध मोर्चाबन्दीका साथ अघि बढ्ने सहमति

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १२ साउन

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चुलिदै गएको छ । सत्तारुढ दल भित्र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध मोर्चाबन्दीका साथ अघि बढ्न अध्यक्ष प्रचण्ड सहितका चार नेता सहमत भएका छन् ।

सोमबार प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल,सचिवालयका वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच गाोप्य छलफल भएको छ ।

छलफल जारी नेकपा स्थायी कमिटी बैठक रोक्न ओलीले प्रयास गरिरहेकाले त्यस विरुद्ध मोर्चाबन्दीका साथ अघि बढ्ने सहमति गरेका छन् । दुई घण्टा लामो बैठकले मंगलबारका लागि तय गरिएको स्थायी कमिटी बैठक अर्का अध्यक्ष ओलीले स्थगन गर्न खोजेमा अर्का अध्यक्ष दाहालले निरन्तरता दिने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यहि सााउन ६ गते केहि समय बसेर १३ गते सम्मका लागि स्थगन गरेको बैठक भोलिका लागि बोलाइएको छ । अविरल वर्षासँगै आएको बाढी र प्राकृतिक प्रकोपको राहत तथा उद्धारका कार्यमा लाग्ने भन्दै बैठक स्थगित गरिएको थियाो ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग आएसँगै ओलीले राजीनामा नदिनने अडान कसेका छन । त्यस्तै ओली स्थायी कमिटी बैठकमा उपस्थिति भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *