अमिताभपछि अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण

मनोरञ्जन समाचार

न्यूज अपडेट

काठमाडाैं, २८ असार

बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनले ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन् ।

अभिषेकका पिता अमिताभले शनिबार राति आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए ।

उनले आफ्नो ट्वीटमा संक्रमण पुष्टि भएपश्चान आफू नानावति अस्पतालको आइसोलेशनमा बसेको जानकारी गराएका थिए । उनले परिवारका अन्य सदस्य र आफूसँग काम गर्नेहरुको पनि कोरोना भाइरस परिक्षण भएको र नतिजा पखिएर बसेको जानकारी गराएका थिए ।

त्यसको एक घण्टामा नै अभिषेकले आफू पनि कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन् । उनले बुबा र आफूलाई सामान्य लक्षण देखिएको र अहिले अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन् ।

कोरोना पोजेटिभ भईसकेपछि सम्बन्धित सबै प्रशासनलाई खबर गरिएको र परिवारका अन्य सदस्य तथा कर्मचारीको परिक्षण गराइएको बताएका छन् ।

उनले सबैलाई नआत्तिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *