काठमाडौं र ललितपुरमा ६ जना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १२ साउन

सोमबार काठमाडौं र ललितपुरमा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३ र ललितपुरमा ३ जना गरी ६ जना संक्रमित थपिएको जानकारी दिए।

हालसम्म काठमाडौंँमा संक्रमित हुनेको संख्या २ सय ८८ र ललितपुरमा ८६ पुगेको छ।

काठमाडौं उपत्यका सहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय  ५२ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ६ सय २६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *