सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ११ साउन

सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी छ । यसैक्रममा आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । चाँदी भाउ पनि अहिलेसम्मकै उच्च अर्थात ११ सय ५५ रुपैयाँ पुगेको छ ।

यसअघि गत शुक्रबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ रहेको थियो । तेजावी सुनको भाउ तोलाको ९५ हजार ३६५ रुपैयाँ निर्धारण भएको थियो । चाँदी तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो । सुन चाँदी व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा पनि लगातार वृद्धि भइरहेको बताएका छन् । सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँसम्म पुग्ने उनीहरुको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *