बाढीले ओलाङचुङगोलाका दुई वटा बगायो पुल

समाचार

ताप्लेजुङ, ७ साउन


वर्षा सँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई वटा पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीन संगको सिमावर्ती उक्त गाउँका पुल गएराती बगाएको वडा अध्यक्ष छेतेन भोटेले जानकारी दिए । उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठे पुल बगाएको हो । बाढीले पुल बगाए पछि घाँस दाउरा ओसारपसार लगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको छ । यस्तै बाढीले तिब्बतको रिउ जोड्ने सडक र चीनिया ठेकेदारको एउटा गाडी समेत बगाएको बताईएको छ । सडक निर्माणका क्रममा ठेकेदारले ल्याएको गाडी सडक अवरुद्ध भए पछि ओलाङचुङगोलामा नै छाडिएको थियो ।

यस्तै दुई वटा पुल बग्दा करिब १४ लाख बराबरको क्षति भएको छ । पक्कि पुल १२ लाख र काठको पुल भने २ लाखको लागतमा निर्माण भएको थियो । यता तमोरको उद्गम स्थलबाट नै बाढी आए पछि नदि किनारमा पर्ने तापेथोक, सिवाँ, थिवा, हान्द्रुङ, दोभान बजार लगायतका बासिन्दा त्रसित बनेकाछन् । तमोरमा करिब एक दशक यताकै ठुलो बाढी आएको स्थानीयको भनाई छ । नदिको उद्गम स्थलमा पर्ने पोखरी फुटेर बाढी आएको हुन सक्ने स्थानीयको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *