आनन्दको बरदान गुराँसेमा ‘भ्यु टावर’

अर्थ/वाणिज्य पर्यटन समाचार

दैलेख, ७ साउन


दैलेखको गुराँसे आनन्दको बरदान स्थल हो । गुराँसेको अवलोकन पश्चात जो–कोहीले यही कुरा भन्दछन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सँग सिमाना जोडिएको गुराँसे क्षेत्र पर्यटकका लागि एक महत्वपुर्ण ठाउँ हो । ‘जुन ठाउँमा अहिले ‘भ्यु टावर’ बन्दै छ ।’ समुन्द्रि सतहदेखि २५ सय मिटर अग्लो स्थानमा रहेको गुराँसेमा ‘भ्यु टावर’ निर्माण सँगै यस क्षेत्रमा आयर आनन्द लिनेहरुको कमी छैन् । पहिलो पटक यो ठाउँको भ्रमण गर्नेहरु त आनन्दको बरदान नै रहेछ भनेर गुराँसेको व्याख्या बिश्लेषण समेत गर्न भ्याउँछन् । प्रदेशको मुख्य पर्यटकीय स्थल रारा जाने मूल–बाटोमै पर्ने भएकाले रारा जाने पर्यटकहरु गुराँसेको आनन्द लिएर रारा उक्लिन्छन् ।
तराईका भू–भागबाट कर्णालीको नजिकको हिउँ पर्ने र गुराँस पाइने स्थान गुराँसे भएकोले पनि यहाँ पर्यटकको आकर्षण औधि बढि देखिन्छ । जुन गुराँस नै नामबाट गाउँपालिकाको नाम समेत गुराँस गाउँपालिका रहन गएको छ । गुराँसे आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेपछि गुराँस गाउँपालिकाले यस क्षेत्रमा ‘भ्यू टावर’ निर्माणको अवधारण ल्याएको हो । ‘पर्यटन मन्त्रालयको रु. ६० लाख लागतमा ‘भ्यु टावरको’ काम धमाधम भईरहेको गाउँपालिकाले बताए ।’ निर्माण गर्न विस्तृत गुरुयोजना प्रतिवेदन (डिपिआर) बनाई संघीय सरकारको पर्यटन मन्त्रालयमा बुझाएको थियो । सोही अनुसार रकम विनियोजन गरिएको हो । ‘हाल सम्म ६० प्रतिशत जति काम सम्पन्न भईसकेको ‘भ्यु टावर’ निर्माण समितिका अध्यक्ष मानबहादुर जीसिले बताए ।
अन्य काम पनि भईरहेको छ,’उनले भने । भ्यू टावरबाट नेपालका करिब ४० ओटा जिल्लाका विभिन्न विभिन्न भु–भाग, पश्चिम तराईका फाँटहरु, शैपाल हिमाल, सिस्ने हिमाल लगायत भारतका विभिन्न स्थानको सहजै अवलोकन गर्न सकिने आंकलन गरिएको छ । निर्माणधिन टावरसँगै कलात्मक रूपमा लाली गुराँसको रूख बनाइएको छ । उक्त, रूखमा डाँफे, चितुवा, चील लगायतका पशुपंक्षी र हतियारहरू बनाइएको छ । खेलकुद साधना, वनभोज स्थल, चिल्ड्रेन पार्क लागयतका विभिन्न मनोरञ्जनात्मक पार्क निर्माण गरिदैं छ, भने,‘त्यस वरपरका विभिन्न धार्मिक मठ, मन्दिरको पनि उचित संरक्षण कार्य जारी छ ,’ गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले भने । यो क्षेत्र पर्यटन मात्रै नभई आर्थिक गतिविधि, कृषि क्षेत्रका हिसाबले पनि निकै प्रख्यात छ । ‘हाम्रो यो ठाउँलाई पर्यटकीय हवको रुपमा विकास गरी कृषि क्षेत्रलाई पर्यटन सँग जोड्ने योजना छ,’ अध्यक्ष वलीले भने,‘ दुबै क्षेत्रलाई सँ–सँगै अघि बढाएपछि हाम्रो आर्थिक स्रोत वृद्धी हुन्छ ।’ गुराँसे क्षेत्रमा विभिन्न प्रजातिका गुराँस पाईने भएकलो प्रदेश सरकारले यस क्षेत्रका गुराँस संरक्षणमा समेत बजेट विनियोजन गरेको थियो ।
पर्यटकीय दृष्टिकोणले मात्र नभई यहाँको राउटे वस्तीले गर्दा यो गाउँपालिका सांस्कृतिक सभ्यतासँग पनि जोडिएको छ । लोपोन्मुख सुचीमा रहेका मानव समुदाय राउटेको बसोबास पनि यहाँ रहेको छ । भ्यु टावरको अवलोकन र राउटे संस्कृतिसँगै यहाँ देउराली गुफा, झरना, सुवा पोखरी, विभिन्न धार्मिक मठ मन्दिरको अवलोकन गर्न सकिन्छ भने सम्बन्धित जाती समुदायका विभिन्न होम–स्टेहरुमा खानपीन र मनोरञ्जन समेत लिन सकिने अध्यक्ष वलीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *