१७ हजार २०६ संक्रमित होम आइसोलेसनमा 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ मंसिर

देशभर १७ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्। २४ हजार ९ सक्रिय संक्रमितमध्ये १७ हजार २ सय ६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ६ हजार ८ सय ३ जना मात्र संस्थागत आइसोलेसनमा छन्।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। त्यहाँ मात्र ११ हजार ६ सय ४ जना होम आइसोलेसनमा छन्। बागमतीपछि प्रदेश १ मा सबैभन्दा २ हजार ६० जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश २ मा ४ सय ७६, गण्डकीमा १ हजार १ सय ५३, लुम्बिनीमा १ हजार २ सय ४६, कर्णालीमा ६८ र सुदूरपश्चिम प्रदेशमा ५ सय ९९ जना होम आइसोलेसनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *