बुधबार त्रिविका सबै क्याम्पसहरु खुल्ने

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट

काठमाडाैं, ७ साउन

बुधबारबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गतका  सबै क्याम्पसहरु खुल्ने भएका छन् ।

सरकारले जारी गरेको लकडाउन मंगलबारबाट हटाएसँगै विदामा बसेको सबै शिक्षक तथा कर्मचारीलाई काममा फर्किन त्रिविले सूजना जारी गरेको छ ।

सुचनामा भनिए अनुसार बुधबारबाट सबै निकायहरुका क्याम्पसहरु खुलेपनि विद्यार्थीका पठनपाठन नहुने पुस्तकालयहरु मात्र सञ्चालनमा आउने भएका छन् ।

सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सन्चालन गर्ने निर्णय समेत गरेको छ । सोही अनुसार त्रिविले भदौ पहिलो साताबाटै परीक्षाहरु लिन सुरु गर्ने तयारी थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *