काठमाडौं उपत्यकामा मंगलबार थपिए १० कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ साउन

मंगलबार काठमाडौं उपत्यकामा थप १० जना कोरोना संक्रमित पुष्टि भएका छन्। यो संख्यासँगै उपत्यकामा कूल कोरोना संक्रमितको संख्या ३८५ पुगेको छ।

मंगलबार काठमाडौंमा ८ र ललितपुरमा २ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएकोछ। काठमाडौंमा कोरोना संक्रमित हुनेको व्यक्तिको संख्या २५७, ललितपुरमा ८१ र भक्तपुरमा ४७ पुगेको छ।

मंगलबार देशभर १५० संक्रमित थपिएका छन्। पछिल्लो २४घण्टामा देशभर १५० जना थप कोरोना भाइरस संक्रमित थपिएपछि कूल संक्रमितकोे संख्या भने १७ हजार ९७४ पुगेको छ।

६०९ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १२ हजार ४७७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *