पछिल्लो २४ घन्टामा ६०९ जना कोरोना संक्रमणमुक्त, कुन प्रदेशमा कति संक्रमित, कति डिस्चार्ज?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ साउन

पछिल्लो २४ घन्टामा देशभर ६०९ जना व्यक्तिहरु कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको छ।
देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ। हाल सक्रिय संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी छ।

हाल ५ हजार ४७७ सक्रिय संक्रमित छन् भने निको हुनेको संख्या १२ हजार ४७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १५० जना थप कोरोना भाइरस संक्रमित थपिएपछि कूल संक्रमितकोे संख्या भने १७ हजार ९७४ पुगेको छ।

१७३ जना व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या ११ हजार ८६८ पुगेको छ। हालसम्म ४० संक्रमितको मृत्यु भएको छ।

हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश नम्बर २ मा देखिएका छन्। प्रदेश २ मा हालसम्म ४ हजार ८८५ जनालाई कोरोना संक्रमण भएको छ। जससध्ये २ हजार ७६६ जना निको भइसकेका छन्।

प्रदेश नम्बर ५ मा ४ हजार १९८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३ हजार ८१८ जना संक्रमणमुक्त भइसकेका छन्।

सुदूरपश्चिम प्रदेशमा ४ हजार १२७ जनालाई कोरोना संक्रमण भएको छ। तीमध्ये २ हजार १२९ जना निको भइसकेका छन्।

कर्णाली प्रदेशमा १ हजार ५७ जना संक्रमितमध्ये १ हजार ५४० जना संक्रमण मुक्त भइसकेका छन्।

गण्डकी प्रदेशमा हालसम्म १ हजार ४०३ संक्रमितमध्ये १ हजार २० जना संक्रमणमुक्त भएका छन्। बागमती प्रदेशमा ८८२ संक्रमितमध्ये ४५२ जना संक्रमणमुक्त भइसकेका छन्।

प्रदेश १ मा सबैभन्दा कम संक्रमित देखिएका छन्। प्रदेश १ मा हालसम्म ८६० संक्रमितमध्ये ७५२ संक्रमित निको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *