देशभर १६ हजार ६४९ कोरोना संक्रमित, कुन जिल्लामा कति?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ असार

शुक्रबार साँझसम्म देशभर संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । गत २४ घण्टामा मात्र १ सय १८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये ८ हजार ६ सय ३ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

२ सय बढी संक्रमित भेटिएको जिल्ला २९ पुगेको छ । काठमाडौंमा संक्रमितको संख्या २ सय २४ पुगेसँगै यो जिल्लाको संख्या २९ पुगेको हो।

सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएको छ । रौतहटमा १ हजार ४ सय ६७ जना संक्रमित भेटिएका छन्।

यस्तै, कैलालीमा ९०९, दैलेखमा ८१४, कपिलवस्तुमा ७५६, महोत्तरीमा ७५९, सर्लाहीमा ७०२, दाङमा ६४३, डोटीमा ५७८, अछाममा ६२४, बाजुरामा ६१६, पाल्पामा ५५३,  धनुषामा ४९६, सुर्खेतमा ४५५, कञ्चनपुरमा ४४३, रुपन्देहीमा ३२२ लगायत भेटिएका छन्।

देशभर १८ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ । ३० जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।

कुन जिल्लामा कति संक्रमित भेटिए?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला 

रौतहट – १४६७
कैलाली – ९०९
दैलेख – ८१४
कपिलवस्तु – ७५६
महोत्तरी – ७५९
सर्लाही – ७०२
दाङ – ६४३
डोटी – ५७८
अछाम – ६२४
बाजुरा – ६१६
पाल्पा – ५५३
धनुषा – ४९६
कञ्चनपुर – ४४३
सुर्खेत – ४५५
रुपन्देही – ३२२
बाँके – ३८२
गुल्मी – ३५९
डडेल्धुरा – २८०
अर्घाखाँची – ३३९
झापा – २९५
सप्तरी – ३२१
प्युठान – ३२८
बैतडी – २७४
नवलपरासी पूर्व – २९०
सल्यान – २४२
सिरहा – २४०
काठमाडौं – २२४
स्याङजा – २०३
बागलुङ – २१६

५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १६८
बर्दिया – १९३
मोरङ – १८७
बारा – १२९
धादिङ – १३४
सुनसरी – १०१
नवलपरासी पश्चिम – ११४
तनहुँ – १५१
उदयपुर – ७७
गोरखा – ११४
पर्वत – ९१
बझाङ – १६६
चितवन – ९९
कास्की – ८४
कालिकोट – ५४
सिन्धुपाल्चोक – ५७
लमजुङ – ६८
ललितपुर – ७०

१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४०
रामेछाप – ३५
मकवानपुर – २९
दार्चुला – १९
नुवाकोट – २५
जाजरकोट – १५
सिन्धुली – १६
धनकुटा – ८
भक्तपुर – ४४
भोजपुर – ६
म्याग्दी – २४
ताप्लेजुङ – ११
रुकुम पूर्व – ५
तेह्रथुम – ४
पाँचथर – ५
दोलखा – ९
संखुवासभा – ६
इलाम – १८
हुम्ला – २
मुगु – ६
डोल्पा – ५
रुकुम पश्चिम – २८
सोलुखुम्बु – १
खोटाङ – १४
मनाङ – १
रोल्पा – ५०
काभ्रेपलाञ्चोक – १६
मुस्ताङ – १
ओखलढुंगा – ६
रसुवा – ११

Leave a Reply

Your email address will not be published. Required fields are marked *