पछिल्लो २४ घण्टामा ५३१६ जना संक्रमित, १०१ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १९ जेठ

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३१६  जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र  ३ हजार ७३  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन  ५ हजार ५२४  जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएका हुन्।

देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन्। जसमध्ये संस्थामा आइसोलेसन ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। आज ७ हजार २१९ जना संक्रमित निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *