नेपालमा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १६४२३

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २४ असार

नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २५५ जनामा संक्रमण देखिएको हो।

आज थपिएका २५५ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २५३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ७७५२ पुगेको छ।

कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *