विना पठनपाठन शुल्क नउठाउन नेक्राविसंघको ध्यानाकर्षण

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट
भक्तपुर, २४ असार

Front yard of school building.

नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघले निजी विद्यालयहरुले विना पठनपाठन शुल्क उठाएकोमा ध्यानाकर्षण गरेको छ । कोभिड–१९ को महामारीको कारण संक्रमणमा रहेका नेपाली जनताले सरकारको बन्दाबन्दी (लकडाउन) लाई पूर्णरुपमा साथ दिइरहेको अवस्थामा निजी विद्यालयबाट यसरी शुल्क उठाउन नहुने संघले ठहर गरेको छ ।
संघले लकडाउनबाट प्रभावित शिक्षा क्षेत्रका शिक्षक कर्मचारीको पारिश्रमिकको लागि सरकारले क्षतिपूर्ति दिनुपर्ने बताएको छ । त्यस्तै अनलाइन कक्षाको लागि सम्पूर्ण विद्यार्थीहरूलाई इन्टरनेट प्रविधिको सेवा सजिलै उपभोग पाउने गरी व्यवस्था गर्न संघले नेपाल सरकारसँग माग गरेको छ । गरिब विद्यार्थी अनलाइन कक्षाबाट बंचित हुनुपर्ने वर्तमान अवस्थाको अन्त्य हुनुपर्ने नेक्राविसंघका अध्यक्ष सविन ख्याजूद्वारा बुधबार जारी प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

नेकपा सरकारले आ.व. २०७७÷७८ को बजेटमा प्रस्तुत गरेको सामुदायिक विद्यालयहरूको भौतिक सुधारको जिम्मा निजी विद्यालयहरूलाई दिने कार्यक्रम पूर्णतः नवउदारवादी आर्थिक कार्यक्रम भएको बताउँदै सरकारले शिक्षामा थोरै बजेट विनियोजन गर्ने र विद्यार्थीहरूलाई शिक्षाको अवसरवाट टाढा राख्ने सरकारको पञ्चायती शैलीको संघले आपत्ति जनाएको छ । शैक्षिक क्षेत्रमा निजी र सार्वजनिकजस्ता द्वैध शिक्षा नीति अन्त्य गरी माध्यमिक शिक्षा तथा विश्वविद्यालय शिक्षा निःशुल्क गरी श्रमसँग जोडिएको समाजवादी शिक्षा व्यवस्था लागू गर्न संघले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *