यहि अवस्थामा एमसीसी पारित हुदैँन, ओलीले राजीनामा दिनुपर्छ : झलनाथ खनाल

अन्तर्वार्ता राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २१ असार

‘ओली नेकपाको निर्विकल्प व्यक्ति होइन । पार्टी भन्दा माथि ओली होइन । उहाँ कहिल्यै पनि पार्टीको निर्देशन अनुसार चल्लनु भएन । आफ्ना छानेर मन्त्रिपरिषद बनाउनुभयो । योजना कमिटीमा सवै आफ्ना लानुभयो । पार्टी र नेतासँग सल्लाह गर्नुभएन । यति धेरै नियुक्ती गर्नुभयो तर, सवै उहाँकै गुटका मात्रै परे । राजदूतमा त्यही गर्नुभयो । यो अत्याचार हैन ? ।’

नेकपाभित्र चर्किएको विवादले पार्टी विभाजन तर्फ मोडिएको देखियो नी ?

जहाँसम्म पार्टी विभाजन हुने हो कि भन्ने आसंकाको बिषय छ यो नेपाल कम्युनिष्ट पार्टी भनेको विधि र पद्धतीमा बनेको पार्टी हो । त्यसैले कसैको इच्छा बमोजिम यो पार्टी फुट्दैन । नेकपा एउटा विशाल चौतारी हो । यसमा धेरै आउन सक्छन् र बस्न नसक्ने जान पनि सक्छन् । यो पार्टी फुट्दैन ।

तपाइहरुले पार्टी फुट्दैन भनेर दावी गरिरहेका बेला प्रधानमन्त्री ओली पुरानो नेकपा एमाले व्यूताउँने पक्षमा देखिनु भएको छ नी ?

नेकपा एमाले एक काल खण्डमा थियो । त्यो काल खण्डमा नेकपा एमालेले महत्वपूर्ण ऐतिहासिक भूमिका निर्वाह पनि गरेको हो । तर, नेपालको इतिहासमा कम्युनिष्ट आन्दोलनमा लागेकाहरु विभिन्न समुहमा विभाजित नभएर एक हुनुपर्ने आवस्यकता आइपर्यो । यसैलाई मध्य नजरगर्दै हामीले दुई बिशाल कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओबादी मिलाएर पार्टी एकगर्दै नेकपा बनाएका हौँ । त्यसकारण कुनै एक अमुक व्यक्तिको इच्छाले मात्रै यो भरखरै गठन भएको नेकपा पार्टी फुट्दैन् ।

नेकपालाई तपाइहरुले पूर्णरुपमा एकतामा पुर्याउन पनि सक्नु भएको छैन र तपाइहरुले राखेको धारणप्रति प्रधानमन्त्रीको सहमति पनि देखिएन, उहाँलाई हटाउनै पर्ने कारण चाँहि किन ?

उहाँकै विषयलाई लिएर अहिले हामी स्थायी कमिटीको बैठकमा छौँ । बैठकमा केपी ओलीको विरोध पनि भइरहेको छ । ओलीमाथि यस्ता विषयहरु पार्टीमा किन आए भने केहि समय यता पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीले पार्टी र देशलाई नै हानी पुग्नेगरी केहि अपत्यारिला काम गर्नुभयो । उहाँले पार्टी र सरकार सञ्चालन गर्न सक्नु भएन । पार्टीको नेतृत्वमा सरकार चलाउनु भएन । सरकार र पार्टी एकलौटी ढंगले चलाउनु भयो । यो सरकार कहाँ जादँैछ त्यो पनि हामीलाई थाहा हुन छाड्यो ।

हामीले समाजवादका शिदान्त र आर्दशमा चल्नुपर्ने थियो र पार्टीको नीति पनि यहि हो । तर, ओलीले यो ढंगको काम नै गर्नु भएन । उहाँले जनस्तरमै आयोचना बढेर जान थाल्यो र यसले पार्टीका नीति तथा कार्यक्रममा समेत असर पार्न थाल्यो । हामीले यस्तो किन भइरहेको छ भन्दा उहाँले जवाफ दिन सक्नु भएन । काम पनि गर्न नसक्ने र उचित जवाफ पनि नदिएर सधै षडयन्त्रमा मात्रै काम गर्ने हो भने यसले सरकार, पार्टी र देशलाई भलो गर्दैन भनेर दुवै पदबाट हट्नुस भनेका हौँ । उहाँले छोडनुपर्छ । नत्र पार्टीले हटाउँछ ।

तर, प्रधानमन्त्रीले मेरो कारण पार्टी एक भएको,आफु सवै ठाउँमा बहुमतमा रहेको र आफु प्रधानमन्त्री भएपछि धेरै राम्रा काम गरेको भनिरहनु भएको छ । तपाईहरु हटाउन सक्नु हुन्छ ?

यो संसारमा निर्विकल्प भन्ने केही पनि हुदैन र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली पनि निर्विकल्प हैन । उहाँका पनि धेरै विकल्पहरु आउँछन् । राजा महेन्द्रले पनि पञ्चायती व्यवस्थालाई निर्विकल्प भनेका थिए । तर, महेन्द्रको व्यवस्थाको पनि विकल्प आयो । केपी ओली जन्मनु भन्दा अगाडी पनि धेरै नेता र प्रधानमन्त्री भए । उहाँले सधै चमत्कारी काम गरे भन्नु हुन्छ । के काम गर्नुभयो भन्दा बाटो बनाए, पुल बनाए भन्नुहुन्छ । नेकपाको दुइतिहाई सरकार पुल र बाटो बनाउन मात्रै आएको हैन । यस्ता बाटो र पुल बनाउने काम मरिचमानले पनि गरेका थिए । त्यसकारण ओली नेकपाको निर्विकल्प व्यक्ति होइन ।

पार्टी भन्दा माथि ओली होइन । उहाँ कहिल्यै पनि पार्टीको निर्देशन अनुसार चल्लनु भएन । आफ्ना छानेर मन्त्रीपरिषद बनाउनुभयो । योजना कमिटीमा सवै आफ्ना लानुभयो । पार्टी र नेतासँग सल्लाह गर्नुभएन । यति धेरै नियुक्ती गर्नुभयो तर, सवै उहाँकै गुटका मात्रै परे । राजदूतमा त्यही गर्नुभयो । यो अत्याचार हैन ? । उहाँ सचिवालयमा,स्थायी कमिटीमा र केन्द्रीय कमिटीमा अल्पमतमा हुनुहुन्छ । हामी सवै ठाउँमा बहुमतमा छौँ । उहाँले कसरी फेस गर्नुहुन्छ हामीसँग । त्यसैले उहाँले अब निकास दिनुपर्छ ।

प्रधानमन्त्री संसदीय दलमा बहुमतमा देखिनुहुन्छ भने निर्वाचित अध्यक्ष हो, महाधिवेशन अगाडी कसरी हटाउन सकिन्छ ?

पहिलो कुरा पुँजीवादी शासन व्यवस्थाको संसदीय व्यवस्थामा प्रधानमन्त्री शक्तिशाली हुन्छ । तर, हामी अहिले पुँजीवादी संसदीय व्यवस्थामा छैनौँ । हाम्रो संविधान समाजवाद उन्मुख हो । यो संसदीय व्यवस्था पनि समाजवादी भएकाले अहिले प्रधानमन्त्री वा संसदीय दल सर्वैसर्वा हँुदैन । अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले पार्टीका निर्णय मान्नुपर्छ तर, उहाँले केही पनि मान्नु भएको छैन । त्यसैले उहाँ समावादीबिरुद्ध पुँजीवादी बाटोमा गइरहनु भएको छ । यो बाटा भनेको अधिनायकवादी बाटो हो । दलीय व्यवस्थामा दलनै सवैसर्वा हो प्रधानमन्त्री हैन ।

यसकारण पार्टी निर्णय बाहिर ओली जान सक्नुहुन्न । दोस्रो कुरा तपाइले महाधिवेशनबाट निर्वाचित अध्यक्ष भन्नुभयो ओली महाधिवेशनबाट बनेको अध्यक्ष हैन । नेकपाको केन्द्रीय कमिटीको भेलाले बनाएको अध्यक्ष हो । नेकपा एमाले भएको समयमा यो नियम लागुहुन्थ्यो । अहिले नेकपा एमाले नभई नेकपा मात्रै भएकाले महाधिवेशनबाट चुनिएको किस्सा समाप्त भयो । यो केन्द्रीय कमिटी बनाएको हो । उहाँ एकतापछि अध्यक्ष बन्नु भएको हो । उहाँलाई यो केन्द्रीय कमिटीले बनाएको हो र केन्द्रीय कमिटीले नै हटाउँछ ।

भनेपछि नेकपाको केन्द्रीय कमिटीलाई दुवै पदबाट ओलीलाई हटाउने अधिकार छ ?

सतप्रतिसत अधिकार छ र त्यो आवस्था आयो भने ओली मात्र हैन जो सुकै नेतामाथि पनि केन्द्रीय कमिटीले कारवाही गर्न सक्छ । ओली हटाउन कुनै पनि कानूनले रोक्दैन । कुनै विधान र संविधानले रोक्दैन । उहाँ महाधिवेशनबाट आएको भए नसकिने हो । तर पार्टी एकिकरण भएर आएपछि केन्द्रीय कमिटीले ल्याएको हो । हटाउन सक्छ ।

पार्टी एकिकरण हुँदा महाधिवेशन सम्म सहमति र सहकार्यका जाने सहमति भएको थियो । अहिले दुवै अध्यक्ष मिलेर जाने अवस्था छ कि छैन् ?

ठिक भन्नुभयो हामीले एकिकरणका समयमा सहमतिका साथ जाने भनेका थियौँ । तर, केपी ओलीले कोसँंग सहमति गर्नुभयो ?। यति मान्छे नियुक्ती गर्दा कोसंँग सहमति गर्नुभयो । भएका सहमति जति सवै ओलीले तोडि सक्नु भएको छ । अब सहमतिको लागि केहि बाँकि भएजस्तो लाग्दैन । अब केन्द्रीय कमिटीले जे गर्छ त्यही हुनेछ । उहाँलाई प्रतिक्रिया दिनुपर्ने भए दिए हुन्छ त्यसबाट हामी निष्कर्समा पुग्छौँ ।

यदि ओलीले केन्द्रीय कमिटीको निर्णय मान्नु भएन र अध्यादेश ल्याएर पार्टी फुटाउनु भयो भने केहुन्छ ?

महा अपराध हुन्छ । यस्तो अपराध गर्नुभयो भने ओलीलाई कम्युनिष्ट आन्दोलनले छोड्ने छैन् । जनता वा अरु कसैले पनि ओलीलाई छोड्दैनन् । जनताले दुइतिहाइ मत दिएको पार्टी फुटाउन र अत्याचार गर्न होइन् । उहाँले भारतले हटाउन लाग्यो भनेर बोल्नुभयो । विभिन्न नेताहरुलाई आरोपित गर्नुभयो । प्रधानमन्त्री र एउटा विशाल पार्टीको शक्तिशाली अध्यक्षले यस्तो निराधार कुरा गर्नुहुन्छ । केपी ओली भन्दा अगाडीदेखि हामी लडीरहेका छौ । उहाँलाई भारतले हैन हामीले हटाउने हो । केन्द्रीय कमिटीले आगामी महाधिवेशन सम्म जे सुकै पनि परिवर्तन गर्न सक्न । दुवै पदबाट हटाउन सक्छ । ओलीले जहाँ फेस गर्नुहुन्छ हामी सवै कमिटी र संसदीय दलमा पनि फेस गर्न सक्छौ ।

ओलीविरुद्ध स्थायी कमिटीको निर्णय कस्तो आउला ?

अहिले बैठक चलिरको छ । बैठक चलिरहेको समयमा यो विषयमा मैलै भन्न मिल्दैन । बैठकमा पधानमन्त्रीको विषय उठेको छ । धेरै साथीहरुले भनाई राख्न बाँकि छ । उहाँको भनाई राख्न बाँकि छ । उहाँको भनाई सुन्न हामी तयार छौँ । त्यसकारण बैठकले गर्ने निर्णय सम्म कुराँै । बैठकले गरेको निर्णयलाई उहाँले मान्नु पर्छ भन्ने हाम्रो आग्रह हो ।

अब पार्टीमा एक व्यक्ति एक पद लागु हुन्छ ?

लागु गर्नुपर्छ । हामी प्रयासमा छौ । पूर्णरुपमा गर्न सकिन्छ वा आम्सिक हुन्छ त्यो स्थायी कमिटीले गर्छ । हामी भरसक एक व्यक्ति एक पदनै कायम गर्छौ । अहिले लाई माथिदेखि तलसम्म मिलाउन नसक्ने अवस्था आयो भने पनि आम्सिक रुपमा लागु गराएरै छाड्छौ ।

नक्सा जारी गरेर भारतसँग चटान जस्तै उभिएको प्रधानमन्त्रीको भनाइलाई कसरी लिनुभएको छ ?

नक्सा जारी भएको छ यो राम्रो पक्ष हो तर, यसमा ओलीले जस लिने ठाउँ छैन । यो कुरा मैले पत्ता लगाएको हो । म आफै नापी विभागमा गएर हेर्दा पुराना नक्सा लिम्पियमधुरा सम्म भएको कुरा मैले पटक पटक उठाएको हो । २०३२ सालमा छापिएको नक्साले अब काम गर्दैन भनेर मैले पहल गरेको हो । अहिले हाम्रा पार्टी बहुमतमा भएका बेला स्थायी कमिटिको चौथौ बैठक र केन्द्रीय कमिटिले उठाएको विषय थियो तर, उहाँले मान्नु भएन । उहाँलाई निति कार्यक्रममा राख्न लगाएको हामीले हो ।

उहाँले आनाकानी गरिरहनुभएको थियो । हामीले नीति तथा कार्यक्रम आउने दिन बैठक राखेर त्यहीँबाट मुख्य सचिवलाई फोन गर्न लगाएर नक्सा जारी गर्ने विषय राख्न लगाएको हो । उहाँले हैन । हामी पाँच जनाले गरेको हो । ओलीले आत्मा केन्द्रीत हुन आवश्यक छैन् । यो सामुहिक कुरा हो । यो मैले गरे । म राष्टवादी हुँ । उनिहरु भारत परस्त हुन भनेर भन्ने अधिकार उहाँलाई छैन ।

प्रधामन्त्रीले संसद अधिवेशन अन्त्य गरी संकटकाल लगाएर यस अघिका दुई अध्यादेश मार्फत अगाडी बढ्ने चाहना राख्नुभएको छ । यो विषयलार्य नेकपाले कसरी हेरेको छ ?

स्थायी कमिटी बैठक बसिरहेको अवस्थामा अधिवेशन अन्त्य गर्न मन्त्रीपरिषद राखेर सिफरिस गर्नुभएछ । सूचना दिनुभएन । यस्ता गलत कार्य गर्नु ओलीको महानता हो । ओलीका यस्ता व्यवहारले नै पार्टी र जनतामा विश्वास समाप्त भएको हो । संकटकालको विषय सहज छैन । हामीले संविधानमा संकटकालको व्यवस्था गरेका छाँै । डेढ महिनामा संसदमा यसलाई पुष्टी गर्नुपर्छ । संसद विगटनको त झन सम्भावना नै छैन् । यसको पनि संविधानमा प्रावधान छ । यो अधिकार प्रधानमन्त्रीलाई छैन । यो प्रावधान छैन । कसैले सक्दैन ।

अर्को कुरा उहाँले दुई अध्यादेश फेरी ल्याउँने विषयमा हामीलाई संका छ । पहिले उहाँले मधेशी दलमा देखाउनुभयो । यो भित्र नेकपा र कांग्रेसलाई पनि फुटाउने तरवार छ । देश विरोधमा उत्रन थालेपछि उहाँले बाध्य भएर पहिले फिर्ता गर्नुभयो । अहिले पार्टीको विधान अनुसार ४० प्रतिशत चाहिन्छ पार्टी फुटाउन । यस्तो षडयन्त्र भयो भने ओलीका लागि ठूलो दुर्भाग्य हुन्छ । ओलीले नेकपालाई दुर्घटनामा लान मिल्दैन । पार्टीलाई धोकादिन मिल्दैन । नेकपा केपी ओलीको बपौती हैन । उहाँका विशेषता भनेका उखा तुक्का मात्रै हुन । ओलीले गलत कदम चालेको खाण्डमा पार्टीले प्रतिकार गर्छ ।

एमसीसी के हुन्छ ?

एमसीसी यहि अवस्थामा पारित हुदैँन । सन २०१७ तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गरेको सहमति भन्दा पनि २०१९ अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाले गरेको सहमति निकै खरतापूर्ण छ । त्यसैलाई यसलाई जस्ताको त्यस्तै पास गर्न सकिदैन् । सुधार गरेर सम्बन्धमा सुधार ल्याउनु पर्छ । यो अमेरिकालाई पनि हामीले भनेको छौ । तर, म्याद थप्नु नराम्रो हैन ।

नेपाल र भारत सम्बन्ध सुधार आउने सम्भावना कति छ ?

नेपाल र भारतबिचको सम्बन्ध कुनै एक व्यक्तिले तोडेर तोडिने हैन । अहिले नक्सा र सीमानाका विवषय भनेका एउटा पाटो मात्रै हुन । भारतसंँग उचित ढंगले वार्ता गर्नुपर्छ । दुई देशका जनतासंँग वार्ता गनुृपर्छ । यताका पत्रकार, उद्योगी, राजनीतिक दल र उताका पनि यहि समुदायमा वार्ता गरेर भएपनि सरकारी तहमा वार्ता हुने वतावरण बनाउनुपर्छ । भारत नेपालको हित विपरित छ भन्ने मलाई लाग्दैन । निहरुले पनि प्रमाण मागेका छन् आवेगमा आएर हुँदैन ।

(नेपाली बहसमा ऋषि धमलाले गरेको कुराकानीका अधारमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *