राष्ट्रिय योजना आयोगद्वारा उत्पादकत्वमा जोड

अर्थ/वाणिज्य विशेष समाचार समाचार

सुर्खेत, १९ माघ


राष्ट्रिय योजना आयोगले देशको आर्थिक समृद्धिका लागि कृषिजन्य तथा औद्योगिक उत्पादकत्व बढाउन जोड दिएको छ । आयोगले विहीवार वीरेन्द्रनगरमा आयोजना गरेको दुई दिने कर्णाली प्रदेश परामर्श बैठकको अन्तिम दिन कर्णाली प्रदेशमा क्रियाशील राजनीतिक दल र सरोकारवालासँग गरेको पन्ध्रौं योजनाको मस्यौदामाथि राय सुझाव संकलन कार्यक्रममा उत्पादन बढाउँदै देशमा गरीबी घटाउने लक्ष्यका साथ सरकार अघि बढ्नुपर्ने बताएको हो । आयोगले देशको मुख्य शत्रु रहेको गरीबीको अन्त्य गर्न देशभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताएको छ ।
आयातलाई नित्साहित गरी निर्यातमा जोड दिनुपर्ने बेला आएको बताउँदै सन्तुलित विकासमा सबैका सहभागिता हुनुपर्ने आयोगको बुझाई छ । परामर्श बैठकमा कर्णाली प्रदेशका राजनीति दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाले कर्णालीको समृद्ध विकासका लागि संघीय सरकारले कर्णालीको आवश्यकतामा आधारित योजना छनोट गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुका अनुसार कर्णालीको सडक, विद्युत, कृषि, शिक्षा र स्वास्थ्यमा विशेष लगानी गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *