उत्पादित बस्तुले बजार नपाएको किसानको गुणासो

समाचार

सल्यान २१, कार्तिक


सल्यानका किसानहरुले आफुले उत्पादन गरेको बस्तुले उचित मूल्य नपाएको गुणासो गरेका छन् । धेरै लगानी र परिश्रम गरेर उत्पादन गरेको बस्तुले लगानी अनुकुलको मूल्य नपाएको गुणासो गरेका छन । ब्यापारीले आफु खसी मूल्य निर्धारण गर्दा झन समस्या भएको किसानको भनाई छ । जिल्लाको दार्मा गाउपालिकाकी बीउ उत्पादक किसान उसा चन्दले आफुले उत्पादन गरेको बीउले सोचे अनुसारको मूल्य नपाएको गुणासो गरिन् । उनले स्थानिय स्तरमा उत्पादन गरिएको गहुँको बीउ, मुलाको बीउ आदीले लगानी र परिश्रम अनुसारको मूल्य नपाएको बताईन् । लगानी धेरै भएपनि मूल्य कम पाउदाँ समस्या भएको उनको भनाई छ ।
मैले ब्याबसायिक रुपमा बीउ उत्पादन गर्न थालेको धेरै बर्ष भयो, बीउ उत्पादन गर्दा लागत धेरै हुन्छ, तर बिक्री गर्दा मूल्य कम हुन्छ, यसले समस्या भएको छ— उनले भनिन् । उनले बीउ उत्पादन बाट बार्षिक २ लाख रुपैँया आम्दानी गर्छिन् ।
यस्तै शारदा नगरपालिका ११ मा रहेको हरियाली बाख्रापालन समुहकी सचिब थुमा कवरले पनि आफुहरुले उत्पादन गरेको खसी बोकाले बजार नपाएको बताईन । एक ब्यापारी संग खसीबोका बिक्री गर्ने भनेर सहमती गरेपनि आबश्यकता अनुसार बिक्री बितरण गर्न नपाएको उनको गुणासो छ । ‘हामीले समस्या परेको समयमा खसीबोका बितरण गर्न पाएका छैनौँ, ब्यापारीले एकै पटक धेरै खसीबोका भएपछि मात्रै लिन्छ’ उनले भनिन् ‘आश्यकता परेको समयमा १÷२ वटा मात्रै भएपनि बिक्री गर्नुपर्ने हुन्छ ।’
उनले यस गाउबाट खसीबोका बिक्रीबाट बर्षेनी २५/३० लाख रुपैँया भित्रिएको बताईन् । सल्यानमा काटेका खसीको मासु ७ सय रुपैँया केजीमा बिक्री हुन्छ ।
उनीहरु त प्रतिनिधि पात्रहरु मात्रै हुन् । किसानका लागी उन्नत बीउ बिजन कार्यक्रम (केयूबिके), कार्यक्रम ब्यबस्थापन कार्यालय रुपेन्देहीले सल्यानको श्रीनगरमा आयोजनाको गरेको बीउ, मासु, दूधसँग सम्बन्धीत सरोकारवाला गोष्ठीमा सहभागी किसानहरुले यस्तै गुणासो गरेका छन् । उनीहरुले केयूबिकेबाट प्राप्त सहयोगले कृषिकर्र्ममा लाग्न मद्धत मिलेपनि अहिले उत्पादन भएको बस्तुले सोचे अनुसारको बजार नपाएको गुणासो गरेका छन ।
कार्यक्रममा बोल्दै कृषि बिकास कार्यालय सल्यानका निमित्त प्रमुख महेश आचार्यले कृषकहरुले आफुले उत्पादन गरेको बस्तुको गुणस्तरमा ध्यान दिन सुझाव दिए । उनले ब्यबसायीक रुपमा उत्पादन सँगै गुणस्तरमा ध्यान दिन सके कृषिजन्य र पशुजन्य बस्तुको बजारीकरणमा कुनै समस्या नआउने बताए ।
कार्यक्रमको समापन गर्दै उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बीर बहादुर चलाउनेले स्थानिय सरकारले किसान र ब्यापारीलाई अपहेलना गरेको बताए । उनले कृषिको क्षेत्रमा लगानी नगरेका स्थानिय तहहरुले कृषकहरुको ढाड सेकिने गरि कर लिने, आय स्रोत बृद्धि गर्ने लक्ष्य लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *