ओली र प्रचण्डको आ-आफ्नो तयारी, फुट्नेकी जुट्ने

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २१ असार

के हुन्छ नेकपा ? अब यो सबै नेता कार्यकर्तालाई कौतुहलताको बिषय बनेको छ । फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी ओली र प्रचण्ड आ-आफ्नो तयारीमा जुटेका छन् । दुवै नेताका पक्ष वार कि पार गरेर जाने गरी तयारीमा जुटेका हुन् ।

शनिबार राति अबेरसँग निकटस्थसँग परामर्श गरेका प्रधानमन्त्री ओली र प्रचण्ड दुवैले आइतबार विहान पनि छलफल गरेका छन् । ओलीले मन्त्री, सांसद र पार्टी कमिटिमा रहेकाहरुलाई कुन कित्तामा रहने हो स्पष्ट हुन भनिसकेका छन् । योसँगै उनले निकटस्थहरुलाई सक्रिय बनाएका छन् ।

प्रचण्डले पनि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमलाई खुमलटारमा डाकी परामर्श गरेका छन् । उनले एकता बचाइराख्ने प्रयास असफलप्रायः भइसकेकाले कडा कदम चाल्नुपर्नेबारे छलफल गरेको भित्रि स्रोतले जानकारी दिएको छ । आफ्ना पक्षका मन्त्रीहरुलाई राजीनामाका लागि तयार हुन भनिएको छ ।

नेकपाभित्र शनिबार राति देखि सांसद र स्थायी कमिटिको अंकगणितको खेल शुरु भइसकेको छ । अहिलेसम्म दुवै पक्षमा सांसद संख्या ४० र ६० को अवस्था छ । ओली पक्षमा नेकपाको कुल सांसद संख्याको ४० प्रतिशत र प्रचण्डलगायतको समूहमा ६० प्रतिशत रहेको बुझिएको छ । स्थायी कमिटीमा भने ओलीको एक तिहाई मात्र छ । १३ र ३० को अवस्था रहेको छ । दुईजना भने तटस्थ छन् ।

ओलीले सांसद संख्याकै आधारमा अगाडि बढ्ने तयारी गरेका छन् । यसका लागि उनले सम्पूर्ण तयारी गरिसकेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *