कञ्चनपुरमा ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु, दुई ट्याङ्करमा आगजनी

विशेष समाचार समाचार

न्यूज अपडेट

कञ्चनपुर, १९ असार

 खानेपानी ढुवानी गर्ने ट्याङ्करको ठक्करबाट कञ्चनपुरमा शुक्रबार एकजनाको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका-१ स्थित कालिका स्वास्थ्यचौकी नजिकै ट्याङ्करले ठक्कर दिँदा ३८ वर्षीय लोकेन्ऽसिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

खानेपानी बोक्ने ट्याङ्करले मोटरसाइकलमा सवार व्यक्तिलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

घटनापछि आक्रोशित स्थानीयवासीले पानी ढुवानी गर्ने दुईवटा ट्याङ्करमा आगजनीसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *