४५ औं नेमकिपा स्थापना दिवस मनाए

राजनीति विशेष समाचार समाचार

भक्तपुर, २५ माघ


नेपाल मजदुर किसान पार्टीको ४५ औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी ९ वडा सूर्यमढी एकाईको आयोजनामा शुक्रवार प्रवचन कार्यक्रम भएको छ ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले नेपाल मजदुर किसान पार्टीको स्थापनाकालदेखि नै नेपाल कम्युनिष्ट आन्दोलनभित्र देखिएका खोटा विचारविरूद्ध सैद्धान्तिक सङ्घर्ष गर्दै आएको स्पष्ट गर्दै उनले व्यापक जनताको हितमा प्रतिक्रियावादी सङ्घ–संस्थाको उपयोग गरेको बताए । उनले अहिलेका कम्युनिष्ट भनाउँदा पार्टीभित्र घुुस, भ्रष्टाचार र लुटतन्त्र देखिएकाले कहिल्यै सच्चा कम्युनिष्ट बन्न नसकेको र नेपालको कम्युनिष्ट विचारलाई नेमकिपाले मात्रै बचाउन सकेको विचार राखे ।
सुवालले बहुसंख्यक किसान र मजदुरको हक हितको लागि आफ्नो स्थापनाकालदेखि नै लड्दै आएकाले अहिले किसानहरुले मूल्यवान जग्गाको हक कायम गर्न पाएको बताए ।
कार्यक्रममा पूर्व वडाध्यक्ष लक्ष्मी प्रसाद कुसीले कम्युनिष्ट पार्टीभित्रका खोटा विचारको खण्डन र रुसी संशोधनबाद सामाजिक साम्राज्यवादमा पटन विषयमा राखेको आफ्नो गहकिला विचारबाट नेमकिपाको इतिहास शुरु भएको बताए ।
पार्टी कमिटीका सदस्य काशिलाल प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रममा पार्टी ९ वडा सूर्यमढी इन्चार्ज दिलभक्त कोजू, प्रेम प्रजापतिलगायतले नेपालको कम्युनिष्ट इतिहासमा पार्टीको योगदानको चर्चा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *