भारतीय कलाकार किरण कुमारलाई कोरोना संक्रमण भएको पुष्टी

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, ११ जेठ

भारतीय कलाकार किरण कुमारलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

गत १४ मेमा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । तर, उनमा कोरोना भाइरसका कुनै पनि लक्षण छैन ।

उनी यस महिनाको सुरुमा एक सामान्य चिकित्सा प्रक्रियाको लागि अस्पताल गएका थिए र उनलाई कोरोनाभाइरस टेस्टसहित पहिले केही परीक्षण गराउन भनिएको थियो ।

रिपोर्ट पोजेटिभ आउनेबित्तिकै उनी परिवार छाडेर सेल्फ आइसोलेसनमा बस्न थालेका छन् ।

आइसोलेसनमा १० दिन भएपनि आफूमा कुनै लक्षण विकास नगरेको उनको भनाइ छ ।

आइसोलेसनमा एक्लै बस्दा र सबै काम आफैंले गर्दा आफूलाई पहिला बोर्डिंङ स्कुलमा बसेको जस्तो महशूस भइरहेको उनी बताउँछन् । २५ वा २६ मेमा उनको दोस्रो परीक्षण हुने छ ।

किरण धेरै चलचित्रका साथै टेलिभिजन कार्यक्रमहरूको पनि हिस्सा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *