दैलेख, खोटाङ र गुल्मीमा पनि देखियो कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै गइरहेको छ। सोमबार मात्र थप तीन नयाँ जिल्लामा कोरोना संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार गुल्मी, दैलेख र खोटाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्।

गुल्मी, दैलेख र खोटाङका एकएक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो।

दैलेखमा समेत कोरोनाका संक्रमित देखिएपछि नेपालको सातै प्रदेशमा कोरोनाका संक्रमित देखिएका छन्। योसँगै नेपालका सातै प्रदेशका ३० भन्दा बढी जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्।

देशभर कुल संक्रमितको संख्या ३७५ पुगेको छ। सोमबार मात्र नेपालमा बाँकेमा मात्र ५९ नयाँ संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *