चीनले उत्पादन गरेको कोरोना भाईरसको खोप पहिलोपटक जनावरमा सफल, मानिसमा परीक्षण गरिँदै

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

एजेन्सी, २९ बैशाख

चीनले उत्पादन गरेको कोरोना भाईरसको खोप पहिलोपटक जनावरमा सफल, मानिसमा परिक्षण गरिँदै

चीनमा उत्पादन गरिएको कोरोना भाईरस विरुद्धको खोप परिक्षण सफल भएको छ । बाँदरमा परिक्षण गरिएको पीकोभ्याक नामक उक्त खोप सफल भएको हो ।
बेईजिङस्थित सीनोभ्याक बायोटेकका अनुसार बाँदरमा परिक्षण गरिएको उक्त खोपले बाँदरको शरिरमा रोगप्रतिरोधी क्षमता वृद्धि गरेर एन्टीबोडी निर्माण गरेको थियो । साथै उक्त एन्टीबडीले बाँदरको शरिरमा भएका केही भाईरसहरुलाई नष्ट गर्न पनि सफल भएको थियो । अनुसन्धानकर्ताहरुले भारतमा उत्पत्ती भएका रेसस म्याकाक्वेस जातको बाँदरमा उक्त खोप लगाएका थिए ।
त्यसको ३ हप्तापछि भाईरससँग जुध्नका लािग केही सकारात्मक सुचक देखिएको थियो । तर त्यसकै एक हप्तापछि पुनː उक्त बाँदरमा ओभर डोज खोप लगाउँदा बाँदरको फोक्सोमा भाईरस नभएको तथ्य पत्ता लागेको थियो अर्थात खोपले काम गरेको थियो । यसको मतलव उक्त खोप नलगाएको बाँदरमा भने निमोनिया हुने खतरा उच्च रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् । मध्य अप्रीलदखि उक्त खोप मानिसमा पनि परिक्षण गरिँदै आएको चीनले जानकारी दिएको छ ।
पीकोभ्याक कोरोना भाईरस विरुद्धको खोप मात्रै नभएर विश्वभर लाखौं मानिसमा फैलिएको महामारीको अन्त्यको सुचकका रुपमा समेत हेरिएको छ । यस्तै चीनको सेनाले बनाएको अर्काे उत्पादन पनि मानिसमा परिक्षण गर्ने क्रममा रहेको छ ।
पीकोभ्याकको जस्तै विधिबाट निर्माण गरिएको उक्त खोपले मेडिकल ट्रायलको पहिलो चरण पार गरेर दोस्रो चरण पुरा गर्दैछ ।
न्युज डट सीएनटीएनबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *