लकडाउनको मारमा परेका कृषकलाई विशेष राहत

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
वीरेन्द्रनगर, २६ वैशाख


कर्णाली प्रदेश सरकारले लकडाउनको मारमा परेका किसानलार्ई विशेष राहत उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले
पीडित किसानलाई राहत र सहुलियत दिने तयारी गरेका जनाएको छ । यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पीडित कृषकको विवरण संकलन समेत गरिरहेको छ । लकडाउनका कारण किसानको उत्पादन बिक्री गर्न समस्या भएको छ । उनीहरुले उत्पादन गरेका वस्तु वारीमा कुहीने समस्या भएपछि उनीहरुलाई राहत उपलब्ध गराएर लागिएको हो । कृषकको उत्पादन बढाउन र सम्भावित भोकमरी टार्न कृषकका लागि विशेष राहत प्याकेज उपलब्ध गराउने योजना वनाएको मन्त्रालयले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यावसायिक उत्पादन गरिरहेका कृषकले लकडाउनका कारण घाटा व्यहोरिरहेका छन् । बर्सेनि खाद्यान्न संकट व्यहोर्दै आएको कर्णालीमा यसपाली उत्पादन घट्ने अनुमान गरिएको छ । लकडाउनका कारण किसानले दूधजन्य उत्पादन र तरकारी बिक्री गर्न पाएका छैनन् । यस्तै खेतीपातीको समय शुरु भए पनि मल र बीउ नपाएको कृषकको गुनासो छ ।
यस्तो अवस्थामा नोक्सानी व्यहोरेका कृषकलाई राहत उपलब्ध गराउन पीडित किसानको लगत संकलन भइरहेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
खेती गर्ने समयमा कृषकलाई मल र बीउ सहज रुपमा उपलब्ध, गराउने कृषि उपकरण र मल तथा वीउमा अनुदान दिने र व्यावसायिक उत्पादन गर्ने किसानलाई बैंकको ब्याजमा सहुलियत दिने भुमि व्यावस्था कृर्षी तथा सहकारी मन्त्री विमला केसी ले जानकरी दिइन् । कृषकलाई सहज रुपमा बीउ र मल पुर्‍याउने जिम्मा सम्बन्धित जिल्लाका कृषि विकास कार्यालयलाई दिइएको उनको भनाइ छ ।
आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम कृषिलाई रोजगारीसँग जोड्ने खालका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिने जानकारी दिइन् । यस्तै खेतीपातीको समयमा किसानलाई सामाजिक दूरी कायम गरेर काम गर्ने वातावरण मिलाइएको मन्त्री विमला केसीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *