नेपालगञ्जकी ७ वर्षीया बालिका सबैभन्दा कान्छी कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

आइतबार नेपालगञ्जमा कोरोना संक्रमण पोजेटिभ देखिएकी ७ वर्षीया बालिका नेपालकी सबैभन्दा कान्छी कोरोना संक्रमित हुन्।

उनलाई शुक्रबार संक्रमण देखिएका ६० वर्षीय पुरुषबाट संक्रमण सरेको अनुमान गरिएको छ। बालिका नियमित मदरसामा अध्ययनका लागि जान्थिन्। जहाँ ती पुरुषले अध्यापन गराउने गरेका थिए। सोही सिलसिलामा ती बालिकासहित अन्यमा कोरोना सरेको हुनसक्ने अनुमान गरिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता तथा कोरोना फोकल पर्सन नरेश श्रेष्ठले ६० वर्षीय पुरुषबाट अन्य आठ जनामा पनि संक्रमण सरेको बताए।

उनले भने,‘हामीले  पहिलो संक्रमितको कन्ट्याक्ट टे«सिङ सिध्यायौँं। जसमध्ये ९० जनाको नमुना लिएका छौँ। ३० जनाको रिपोर्ट आइसकेको छ। भने ६० वटा नमुनाको परीक्षण भइरहेको छ।’

श्रेष्ठले आइतबार देखिएका नौ जना पहिलो संक्रमितको सम्पर्कका आएका व्यक्ति भएको तर परिवारका सदस्य नभएको बताए।

यसअघि जनकपुरमा १४ वर्षीय बालकमा संक्रमण देखिएको थियो। उनको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ। सबैभन्दा बढी ८१ वर्षीय वृद्धामा संक्रमण देखिएको थियो। काठमाडौंको सनसिटी अर्पाटमेन्टमा बस्ने ती वृद्धा निको भएर घर गइसकेकी छिन्।

नेपालमा हालसम्म ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये १६ जना उपचारपछि निको भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *