कोरोना अपडेट : मृतकको संख्या २ लाख ३८ हजार, कुन देशमा कति निको भए?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २० बैशाख

विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ३८ हजार नाघेको छ।

नेपाली समय अनुसार शनिबार विहान ८ः०० बजेसम्म मृत्यु हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६ पुगेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर ३३ लाख ४३ हजार ३ सय २ जना कोरोना संक्रमित भएका छन्। नेपलामा संक्रमित हुनेको संख्या ५९ पुगेको छ।

संसारभर १० लाख ५३ हजार २ हजार ४९ जना मानिस निको भएर घर फर्किसकेका छन्।

निको हुनेको संख्या कुन देशमा कति 
अमेरिकामा सबै भन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन्। अमेरिकामा निको हुनेको संख्या १ लाख ६४ हजार १५ पुगेको छ।

जर्मनीमा १ लाख २६ हजार ९ सय जना निको भएर घर फर्किसकेका छन्।

स्पेनमा निको हुनेको संख्या १ लाख १२ हजार ५० पुगेको छ।

चीनमा ७८ हजार ५ सय ६८ जना निको भएर घर फर्किसकेका छन्।

इटालीमा ७८ हजार २ सय ४९ जना निको भएर घर फर्किसकेका छन्।

इरानमा ७६ हजार ३ सय १८ जना मानिस निको भएर घर फर्किसकेका छन्।

फ्रान्समा ५१ हजार १ सय २४ जना मानिस निको भएर घर फर्किसकेका छन्।

टर्कीमा निको भएर घर फर्किनेको संख्या ५३ हजार ८ सय ८ पुगेको छ।

ब्राजिलमा ३८ हजार  ३९ जना निको भएर घर फर्किसकेका छन्।

स्विजरल्याण्डमा २३ हजार ९ सय जना निको भएर घर फर्किसकेका छन्।

क्यानाडामा निको भएर घर फर्किनेको संख्या २२ हजार ७ सय ६४ पुगेको छ।

आयरल्याण्डमा १३ हजार ३ सय ८६ जना निको भएर घर फर्किसकेका छन्।

रसियामा १३ हजार २ सय २० जना निको भएर घर फर्किसकेका छन्।

अष्ट्रियामा १३ हजार १ सय १० जना निको भएर घर फर्किसकेका छन्।

बेल्जियममा निको भएर घर फर्किनेको संख्या ११ हजार ८ सय ९२ पुगेको छ।

मेक्सिकोमा १२ हजार ३ सय ७७ जना निको भएर घर फर्किसकेको छन्।

पेरुमा निको भएर घर फर्किनेको संख्या ११ हजार १ सय २९ पुगेको छ।

भारतमा निको भएर घर फर्किनेको संख्या १० हजार ७ पुगेको छ।

नेपालमा निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *