न्यूज अपडेट
भक्तपुर, २१ मंसिर

प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा वाकुपतिनारायण परिसरमा शनिवार खुला रक्तदान कार्यक्रम भएको छ । कोभिड १९ को विषम परिस्थितिमा उत्पन्न रगत अभावलाई ध्यानमा राखी गरिएको उक्त कार्यक्रममा ४० जना रक्तदाताले रक्तदान गरेको आयोजकले बताएको छ ।

रक्तदाताहरुलाई रक्तदानपश्चात प्रगति पुस्तकालयका पूर्वअध्यक्षद्वय काशीलाल प्रजापति र वीजेन्द्र प्रसाद कुसीले धन्यवादसहित प्रशंसापत्र वितरण गरेका थिए । साथै हालको असहज परिस्थितिमा पनि रक्तदान गरेका रक्तदाताहरुलाई आयोजक अध्यक्ष रवीन्द्र प्रसाद कुसीले धन्यवाद ज्ञापन गरे ।
