संक्रामक ऐन २०२० परिमार्जन गर्दै संसदीय समिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

संक्रामक ऐन २०२० समयसापेक्ष बनाउन संघीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समिति लागिपरेको छ। लकडाउन समेत निरन्तर बैठक गरिरहेको समितिले उक्त ऐन परिमार्जनलाई आगामी बैठकमा  अन्तिम रुप दिनेगरी काम गरिरहेको छ।

मंगलबार बसेको समितिको बैठकले वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा र संघीय संसद सचिवालयका कानुनतर्फका सहसचिव अर्जुन कुमार खड्कालाई अन्तिम रुप दिने जिम्मेवारी दिएको छ। मंगलबारको बैठकमा देवकोटा,  रमेश लेखक र सहसचिव खड्काले कार्यपत्र पेश गरेको समितिका सभापति पर्शुराम मेघी गुरुङले बताएका छन्।

मंगलबारको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँललगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *