कोरोना अपडेट : संक्रमितको संख्या ३० लाख ५७ हजार, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ बैशाख

विश्वभरमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३० लाख ५७ हजार नाघेको छ।  नेपाली समय अनुसार  मंगलबार बेलुकी ६ बजेसम्ममा विश्वमा ३० लाख ५७ हजार ९ सय ५७ जना मानिस संक्रमित भएको तथ्यांक छ।

अमेरिकामा ९ लाख ८८ हजार ४ सय ६९, स्पेनमा २ लाख ३२ हजार १ सय २८, इटालीमा १ लाख ९९ हजार ४ सय १४, फ्रान्समा  १ लाख ६५ हजार ९ सय ७७, जर्मनीमा १ लाख ५८ हजार ७ सय ५८, युकेमा १ लाख ५८ हजार ३ सय ४८, टर्कीमा १ लाख १२ हजार २ सय ६१ जना संक्रमित भएका छन्।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार २ लाख ११ हजार ८ सय ९४ जना मानिसको मृत्यु भएको छ। अमेरिकामा ५६ हजार २ सय ५३, इटालीमा २६ हजार ९ सय ७७, स्पेनमा २३ हजार ८ सय २२, फ्रान्समा २३ हजार ३ सय २७, युकेमा २१ हजार १ सय ५७ जना मानिसको मृत्यु भइसकेको छ।

नेपाली समय अनुसार मंगलबार बेलुकी ६ बजेसम्म विश्वभर ९ लाख २ हजार १ सय २९ जना मानिस निको भएर घर फर्किसकेका छन्।

स्पेनमा १ लाख २३ हजार ९ सय ३, जर्मनीमा १ लाख १४ हजार ५ सय, अमेरिकामा १ लाख ११ हजार ५ सय ८३, चीनमा ७८ हजार ३ सय ७७, इरानमा ७२ हजार ४ सय ३९, इटालीमा ६६ हजार ६ सय २४, फ्रान्समा ४६ हजार ३ सय ३ जना मानिस निको भएर घर फर्किसकेका छन्।

सार्क देशको अवस्था 
भारतमा सोमबार १ हजार ५ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ। मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ। ७ हजार १ सय ३७ जना मानिस निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा एकै दिनमा ५ सय भन्दा बढी मानिस संक्रमित थपिएको तथ्यांक छ। सोमबार  पाकिस्तानमा ११ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १४ हजार ७९ पुगेको छ। ३ सय १ जना मानिसको मृत्यु भइसकेको छ। ३ हजार २ सय ३३ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

बंगालादेशमा सोमबार ४ सय ९७ जना मानिस संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ६ हजार ४ सय ६२ पुगेको छ। १ सय ५५ जनाको मृत्यु भइसकेको छ। १ सय ३९ जना मानिसलाई निको भइसकेको छ।

अफ्गानिस्तानमा सोमबार १ सय ७२ जना नयाँ बिरामी भेटिएका छन् भने ७ जनाको मृत्यु भएको छ। योसँगै अफ्गानिस्तानमा संक्रमितको संख्या १ हजार ८ सय २८ पुगेको छ। ५८ जनाको मृत्यु भइसकेको छ। २ सय २८ जना निको भइसकेका छन्।

श्रीलंकामा सोमबार ६५ जना मानिस संक्रमित भएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ५ सय ९२ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय ३४ जना मानिस उपचारपछि घर फर्किसकेका छन्।

माल्दिभ्समा सोमबार १२ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ। १७ जना मानिस निको भएर घर फर्किसकेका छन्।

नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।

भुटानमा ७ जना संक्रमित भएका छन्। ५ जना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *