झापाका ६२ वर्षिय पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ४९ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १३ बैशाख

झापाका ६२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ। शुक्रबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जानकारी दिएको छ।

योसँगै नेपालमा ४९ जना व्यक्तिमा संक्रमण भएको छ। जसमध्ये ११ जना व्यक्ति निको भएर घर फर्किसकेका छन्।

पछिल्लो समयमा प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। हालसम्म  काठमाडौं, बाग्लुङ, पर्सा, जनकपुर, उदयपुर, भोजपुर, कैलाली, चिवतन, कञ्चनपुर, धादिङ, रौतहट र झापामा कोरोना भाइरसका संक्रमित देखिएका छन्।

तर, काठमाडौंमा उपचाररत पाँच जना बिरामी निको भई डिस्चार्ज भइसकेका छन् भने विराटनगरस्थित कोशी अस्पतालमा २९ जना बिरामी उपचाररत छन्।

त्यसैगरि, नारायणी प्रादेशिक अस्पताल वीरगञ्जमा ५ जना, चितवनमा २, कैलालीमा १जना बिरामीको उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयले सबैको स्वास्थ्यवस्था सामान्य रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *