नर्भिकमा कोरोनाका बिरामी नभेटिएको अस्पतालद्वारा स्पष्ट

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

थापाथलीस्थित नर्भिक अस्पतालमा कोरोना भाइरसका कुनै पनि संक्रमित नभेटिएको अस्पतालले स्पष्ट पारेको छ। मंगलबार एक सूचना जारी गर्दै अस्पतालले कुनै पनि कोरोना संक्रमित नभेटिएको स्पष्ट पारेको हो।

विभिन्न सामाजिक सञ्जाल र अनलाइन मिडियामा समेत नर्भिकमा उपचाररत एक बिरामीमा कोरोनाको र्‍यापिड परीक्षण (आरडिटी)मा पोजिटिभ भएको समाचारमा सत्यता नरहेको अस्पताले स्पष्ट पारेको हो।

‘नर्भिकमा उपचाररत एक बिरामीमा आरडिटीमा पोजिटिभ भन्ने समाचार गलत रहेको सम्बन्धित सबै सञ्चार जगतलाई जानकारी गराइन्छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त भ्रामक समाचारको खण्डनसमेत यसै विज्ञप्तिद्वारा गरिएको छ।’

सोमबारदेखि नर्भिकमा उपचाररत एक पचास वर्षीया महिलामा कोरोनाको आशंकामा आरटी पिसिआर परीक्षणका लागि नमुना संकलन गरी वीर अस्पताल पठाइएको तर उनको रिपोर्ट निगेटिभ आएकोसमेत अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *