कोरोना संक्रमणबाट जोगिन ६ वटा टि को रणनीति लिएका छौंः स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

विचार विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

स्वास्थ्य तथा जनसंख्या  मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण रोक्नका लागि ६ वटा टि को रणनीति लिएर काम गरिरहेको बताएका छन्।

उनले नयाँ वर्षको अवसरमा सोमबार विशेष सम्बोधन गर्दै मन्त्री ढकालले देशलाई कोभिड१९ को थप संक्रमणलाई रोक्न ६ वटा टि को रणनीति लिइएको बताए।

उनले भने,‘ यस संक्रमणको विकास क्रमसँगै हामीले आफ्ना रणनीतिहरुलाई थप परिष्कृत र परिमार्जित गरिरहेकै छौँ। अहिले मुख्य ६ वटा टि को फर्मुलाबाट आफ्ना रणनीतिहरु अगाडि सारेका छौँ।’

उनले नयाँ बर्षसँगै कोरोना संक्रमणको विश्वव्यापी महामारीको यो विषम परिस्थितिमा देशलाई थप संक्रमणबाट मुक्त राख्न सबैको सहकार्यले सफलता प्राप्त हुने विश्वास राखेको बताए।

मन्त्रालय चिकित्सक र स्वास्थ्यकर्मीको बारेमा सचेत रहेको उल्लेख गर्दै स्वास्थ्यमन्त्री ढकालले  उपचारको क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका सामाग्रीहरु यथेष्ट मात्रामा पु¥याउन लागि परेको दावी गरेका छन्।

यस्तो छ स्वास्थ्य मन्त्रालयको ६ वटा टि को फर्मुला

पहिलो टीः  ट्राभल रेष्ट्रिक्सन
यसको लागि आवतजावत बन्द गर्ने नै हो। जसको लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् भने नेपाल भित्र पनि गत चैत्र १० गतेदेखि लकडाउनको अवस्था छ। यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहन जरुरी छ। जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस्। हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन्। यो प्रभावकारी पनि सावित भएको छ। यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ।

दोश्रो टी; टेष्टिङ्ग

 यस अन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमुना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ। कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधीमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा हामीले कार्यविधि बनाई व्यवस्थित गरेका छौं। हाम्रो हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई सो दायरामा ल्याई परीक्षण गर्नु हो।

तेश्रो टीः   ट्रेसिङ्ग

ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ती संक्रमितहरु न्जिकको सम्पर्कमा आउनुभयो त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो। हामीले धेरैजसो संक्रमितहरुको ट्रेसिङ्ग कार्य पुरा गरिसकेका छौं भने पछिल्लो समयमा पहिचान भएका संक्रमितहरुको टे«सिङ्ग कार्य भइरहेको छ। यो कार्य इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ।

चौथो टीः ट्रयाकिङ्ग

सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनीहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रेकिङ्ग कार्य हो। यसको लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, सिसिएमसि तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेवसाइट मार्फत ट्रयाकिङ्ग कार्यलाई थप व्यवस्थित गरिएको छ। यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे नरहेको अनुगमन गर्नुपर्ने हुन्छ। यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ। त्यसका साथै स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु र सम्बन्धित सबै सरोकावालाहरुलाई यस कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु।

पाँचौ टी: ट्रिटमेन्ट  

हालसम्म नेपालमा १३ जना संक्रमितको संख्या रहेको छ। जसमध्ये एक जना निको भएर घर फर्कि सक्नुभएको र १२ जना विभिन्न अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ। वहाँहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ।

सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले आफ्नो रणनीति तय गरेको छ। कोरोना संक्रमणको उपचारको लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुलाई तोकिएको छ। कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको छ।

कोरोना संक्रमण बाहेकका आकप्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामीहरु थप समस्यामा नपरुन र उनीहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेको ब्यहोरा अनुरोध छ। यस महामारीको घडिमा के सरकारी के गैह्रसरकारी सबै किसिमका अस्पतालहरुबाट उपचार गर्नु पर्ने हुन्छ। त्यसैले नेपाल भरका सबै किसिमका अस्पतालहरुलाई सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय तयारी अवस्थामा रहेको छ। यसमा सबैको सहयोगको अपेक्षा गर्दछु।

छैठौं टीः टुगेदर 

कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन सिंगो देश नै लागिपरेको छ। उच्च स्तरीय समिति, सिसिएमसि देखि लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटिहरु बनाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ। यसका अतिरिक्त अन्य मन्त्रालयहरु तथा निकायहरुमा समेत विषयगत समितिहरु सक्रिय छन्। यस कार्यमा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, अत्यावश्यक दैनिक उपभोग्य सामानहरुको व्यवस्था गर्नेहरु, सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा सञ्चारमाध्यम लगायत सबै मिलेर मात्र यो लडाईमा हामीले विजय हासिल गर्न सक्नेछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *