फ्रान्सको लकडाउन ११ मेसम्म लम्बियो राष्ट्रपति म्याक्रोनले भने- कोरोनाविरुद्ध लड्न हाम्रो पूर्वतयारी थिएन

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन

न्यूज अपडेट

काठमाडौं, २ बैशाख,

फ्रान्सले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि मे महिनाको ११ तारिखसम्म लकडाउन लम्ब्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोनले जनअपेक्षा अनुरुप नै लकडाउनको समय अवधि थप गरेका हुन् ।

फ्रान्समा गत २४ घण्टामा ५७४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या फ्रान्समा करिब १५ हजार पुगेको छ । फ्रान्समा ४ हजार १ सय भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

टेलिभिजन सम्बोधनको क्रममा राष्ट्रपति म्याक्रोनले कोरोनाविरुद्ध लड्नका लागि फ्रान्ससँग पूर्वतयारी नभएको स्वीकार गरे । उनले भने, ‘अन्य देशहरुमा जस्तै हामीसँग पनि पीपीई, मास्क जस्ता अत्यावश्यक सामानको अभाव थियो । धेरै स्थानका अस्पतालहरुमा अझैसम्म पनि अभाव’ छ ।

उनले ११ मे पछि स्कुलहरु खोल्न सकिने बताए । फ्रान्सको सिमाना गैरयुरोपेली देशका लागि अर्को निर्णय नभएसम्मका लागि बन्द रहने जानकारी उनले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *