कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मी वा कर्मचारीको मृत्यु भए ५० लाख दिने प्रदेश १ सरकारको घोषणा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

 कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारमा संलग्नको मृत्यु भएमा प्रदेश १ सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको कोरोना रोगको कारणबाट मृत्यु भएमा निजको परिवारलाई सेवाको कदर स्वरुप ५० लाख दिने निर्णय गरेको हो।

मंगलबार बसेको प्रदेश १ मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाम तथा उपचार कार्यमा सम्लग्नलाई प्रोत्साहन दिने निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले जानकारी दिए।

प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *