वुहानबाट छुट्दै २ सय ७६ रेल, उड्दै २ सय भन्दा धेरै विमान : लकडाउनबाट बाहिरिँदा कोभिड १९ माथि जीत

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २६ चैत
वुहानबाट छुट्दै २ सय ७६ रेल, उड्दै २ सय भन्दा धेरै विमान : लकडाउनबाट बाहिरिँदा कोभिड १९ माथि जीत

वुहानमा लगाइएको लकडाउन ७६ दिनपछि सकिएको छ। बुधवारबाट पूर्ण रुपमा वुहान खुलेको छ। वुहानमा लगाइएको लकडाउन खुलेसँगै कोभिड-१९ विरुद्धको लडाइमा चीनले जितेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।जनवरी २३ मा वुहानमा लकडाउनको घोषणा गरिएको थियो। सबै सार्वजनिक यातायतका साधनहरु, व्यवसायहरु बन्द गरिएका थिए। लकडाउनमा सबै नागरिकलाई घरभित्रै सीमित पारिएको थियो।

१ करोड जनसंख्या भएको वुहानलाई पूरै क्वारेन्टाइनमा राखिएको थियो। मार्च १० मा राष्ट्रपति सि चिनफिङ वुहान पुगेर कोभिड-१९ विरुद्धको लडाइ जितेको सन्देश दिएका थिए।

यसबीच वुहानमा दुई वटा अस्पताल बने। रंगशालाहरु अस्पतालमा परिणत भए। ४२ हजार ६ सय जना सम्मिलित ३ सय ४० स्वास्थ्यकर्मीको टोली देशभरबाट वुहानमा केन्द्रित भयो। चिनियाँ जनमुक्ति सेनाका चार हजार बढी स्वास्थ्यकर्मीहरु वुहानमै परिचालित भए।

त्यहाँ निर्माण भएको लेइसनसान अस्पताललाई जनमुक्ति सेनाले चलायो। देशभरका २ सय ८६ अस्पतालबाट चिनियाँ सेनाका तीन हजार दुई सय २ स्वास्थ्यकर्मीहरु यस अस्पतालमा केन्द्रित भए।

हुवेइका १६ शहर र काउन्टीलाई सहयोग गर्न देशका १९ प्रान्तहरु एक ठाउँमा उभिए। चिनियाँ उपप्रधानमन्त्री दुई महिना देखि वुहानमै केन्द्रित भएर कोभिड-१९ विरुद्धको अभियानलाई नेतृत्व गरिन्।

अप्रिल ८, बुधवार। मंगलवारदेखि घडीले बुधवारको संकेत दिनासाथ यहाँको एक्प्रेस वे खुल्यो। उत्तरी वुहानको फुह टोल नाकाबाट मध्यरातमै वुहान छाड्ने सवारी साधन पनि थियो।

आज बिहानै वुहानबाट स्थानीय समय अनुसार ६:२५ मा चियाङचो शहरका लागि रेल छुट्यो। जी ४३१ हाइस्पिड रेल दक्षिण चीनको नाननिङ शहरका लागि बिहान ७:०६ मा छुट्यो। लकडाउन पछि वुहान छाड्ने यो पहिलो हाइस्पिड ट्रेन भएको चाइना डेलीले जनाएको छ।

वुहानबाट आज बुधवार नै २ सय ७६ वटा रेल क्वाङदोङ प्रान्तको सांघाइ, सनचन र सिचुवान प्रान्तको छन्तुसम्मका लागि छुट्ने छन्। यी रेलले ५५ हजार बढी यात्रुलाई वुहान बाहिर लैजाने छ।

लकडाउन खुलेसँगै चाइना इस्ट्रनको एमयु २५२७ कलसाइनको फ्लाइट हैनान प्रान्तको सान्याका लागि वुहानको थियान्ह अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्यो। ७:२३ उडान भरेको विमान विहान १०: ०५ सान्या अवतरण गरेको छ। लकडाउन पछि यहाँ अत्यावश्यक उडानबाहेकका सबै यात्रु उडान बन्द थियो। आजै यस विमानस्थलमा २०० बढी उडान गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *