प्रहरी आफै ग्राहकको भेषमा जाँदा यसरी पक्राउ परे जगदम्बा ग्रुपका सुलभ अग्रवाल

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २६ चैत

नेपाल प्रहरीले ग्राहक बनेर जगदम्बा ब्रान्डको उत्पादक शंकर ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशकलाई रंगेहात पक्राउ गरेको खुल्न आएको छ।  बजारमा ज्वरो नाप्ने गन  इन्फ्रारेड थर्मोमिटर महँगोमा बिक्रि भईरहेको सूचनाको आधारमा प्रहरीले ग्राहक बनेर अग्रवाललाई पक्राउ गरेको हो।

बजारमा महँगोमा थर्मो गन बिक्रि भईरहेको छ भन्ने सूचनामा यकिन भएपछि महानगरीय अपराध महाशाखाले महाशाखाका एसपी हृदय थापालाई टिम तयार गर्न भन्यो। सोहि टिम मध्येका एक जनाले ग्राहक बनेर अज्ञात ब्यक्तिसँग डिल गरे।

ति अज्ञात व्यक्तिले सुरुमा प्रति पिस २० हजारमा दिने बताएपनि ग्राहक बनेका प्रहरीले १५ हजारमा डिल टुंग्यायो र रकमको लेनदेनको टुंगो लगायो।  ग्राहक बनेका प्रहरीले बिलिङ गर्न भनेपनि अज्ञात व्यक्तिले नगदमै कारोबार गर्ने नभए सामान नदिने बताए। त्यसपछि एक हात नगद र अर्को हात थर्मो गन दिने बिषयको टुंगो लाग्यो।

डिल भएअनुसारको ठाउँमा ग्राहक बनेका प्रहरीले १० लाख लिएर सामान लिन पुग्यो।  कूटनीतिक नम्बर प्लेटको गाडीमा ६७ गोटा चाइनिज थर्मोगनसहित आएपछि प्रहरीले अज्ञात व्यक्तिलाई रंगेहात पक्राउ गर्यो।

कुटनितिक नम्बरको गाडीमा थर्मोगन बोकेर आएको देख्दा अचम्मित परेको प्रहरीको टिम पक्राउ पर्ने व्यक्ति जगदम्बा सिमेन्ट, छड र धागोका मालिक सुलभ अग्रवाल भएको पाएपछि झनै अचम्मित भयो। अग्रवालको साथबाट किर्गिस्थानको अनररी कन्सुलरका हैसियतमा परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको परिचयपत्र समेत बरामद भएको छ।

कालोबजारी गर्ने ब्यक्ति नै समाजका अग्रणी उद्योगी र कुटनीतिज्ञ  रहेछन महाशाखाका एसपी हृदय थापाले भने, “उनको साथमा कालोबजारी गर्नका लागि अन्य स्वास्थ्य सामाग्री होलान खोज्दै छौं, अहिले चाइनिज थर्मोगन मात्र बरामद भएको छ”।

महाशाखाले अग्रवाललाई पक्राउ गरेर टेकुस्थित कार्यालयमा राखेर सोधपुछ गरिरहेको छ। अन्य केहि समुहले समेत थर्मोगन प्रति पिस ३७ हजारसम्म बिक्रि गरिरहेको पाइएकाले अहिले कालोबजारी गर्नेहरुलाई अनुसन्धान थालिएको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *