न्यूज अपडेट
वीरेन्द्रनगर, २० चैत
कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सहयोग रकम जुटनेक्रम जारी रहेको छ । बुधबार कुमारी बैंकको तर्फबाट १० लाखको चेक हस्तान्तरण गरिएको छ । कुमारी बैंक सुर्खेत शाखाका प्रवन्धक हिमालयप्रसाद मुडभरीले १० लाखको चेक मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाको उपस्थितिमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गरेका थिए ।
मुख्यमन्त्री शाहीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकार, निजी क्षेत्र, आम नागरिक सबैको सहकार्य रहेको भन्दै सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए । सोही अवसरमा राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशले ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग कोषलाई हस्तान्तरण गरिएका हो । कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले चेक हस्तान्तरण गरेका हुन् ।
हाल सम्म ३४ लाख जम्मा
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा बुधबारसम्म ३४ लाख भन्दा बढी रकम कोषमा जम्मा भइसकेको छ । प्रदेश विपद व्यवस्थापन कोषमा वुधवार कुमारी वैंकको तर्पmवाट रु.१० लाख र राष्ट्रिय अपांग महासंघ, कर्णाली प्रदेशको तर्फवाट रु ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
यसअघि सिटीजन वैंकले रु.७ लाख, सिद्धार्थ वहुउघेश्यीय सहकारी संस्था सुर्खेतले रु.२ लाख, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतले रु.२ लाख, सिद्धार्थ संचार सहकारी संस्था (सुनगाभा टेलिभिजन) सुर्खेतले रु.७५ हजार, लगनशील महिला लघुउद्यमी सहकारी संस्था सुर्खेतले रु.५० हजार र सिद्धार्थ नेशनल एकेडेमिले रु.२५ हजार, सिद्धार्थ बैंकको तर्फबाट बैंकका प्रदेश कार्यालय प्रमुख रञ्जन कोईरालाले रू.१० लाखको चेक र नौमुले गाउँपालिका–३, द्वारी दैलेख निवासी पदमबहादुर बिश्वकर्माले व्यक्तिगत रुपमा रु.५१ हजार रुपैयाँको चेक प्राप्त भई खातामा रकम जम्मा भइसकेको जनाइएको छ ।