कञ्चनपुरमा विदेशबाट ४ हजार बढी भित्रिए, १ सय २ जना मात्रै क्वारेन्टाइनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
महेन्द्रनगर, २० चैत


पछिल्लो केही दिनयता भारत लगायत अन्य मूलकबाट कञ्चनपुरमा ४ हजार २ सय ८२ जना भित्रिएका छन् । नौँ स्थानीय तह रहेको कञ्चनपुरमा पछिल्लो केही दिनयताको तथ्यांक अनुसार ४ हजार २ सय ८२ जना मानिस विदेशबाट आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
विदेशबाट आएकामा कञ्चनपुरका ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने अन्य जिल्लाको ६८ जनालाई पनि भीमदत्त नगरपालिकाकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।
कञ्चनपुरमा पछिल्लो केही दिनमा विदेशबाट फर्किएका ४ हजार २ सय ८२ जनामध्ये ३८ जना मात्रै क्वारेन्टाइनमा रहेको कञ्चनपुरका सहायक जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्ययले बताए । विदेशबाट फर्किएका अन्य भने होम क्वारेन्टाइनमा रहेको प्रशासनले जनाएको छ ।
साथै पश्चिमी नाकाबाट मात्रै नेपालका विभिन्न स्थानका ६२ हजार नेपाली भित्रिएका छन् ।
कञ्चनपुरमा सबैभन्दा बढी कृष्णपुर नगरपालिकामा भित्रिएका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांक छ । जस अनुसार कृष्णपुर नगरपालिकामा ८ सय १९ जना भित्रिएका छन् भने त्यस्तै भीमदत्त नगरपालिकामा २ सय ५७, माहाकाली नगरपालिकामा ३ सय ६०, बेदकोट नगरपालिकामा ७ सय ५५, शुक्लाफाँटा नगरपालिकामा ७ सय ४९, पुनर्वास नगरपालिकामा ७ सय ३०, बेलौरी नगरपालिकामा २ सय ३०, लालझाँडी गाउँपालिकामा १ सय ३४ र बेलडाँडी गाउँपालिकामा २ सय ४८ जना भित्रिएका छन् ।

३ सय ४० शैयाको क्वारेन्टाइन प्रयोगविहिन

जिल्लाभरका नौँ स्थानीय तहमा छुट्टा छुट्टै गरी ३ सय ४० शैयाको क्वारेन्टाइन रहेको छ । तर ती क्वारेन्टाइन भने प्रयोगविहिन जस्तै छन् । पछिल्लो केही दिनयता विदेशबाट आएका ४ हजार २ सय ८२ जनामध्ये ३८ जनालाई क्वारेन्टाइनमा रहेका छन् ।
भीमदत्त नगरपालिकामा एक सय शैया, माहाकाली नगरपालिकामा १०, बेदकोट ननगरपालिकाम ६४, कृष्णपुर नगरपालिकामा ३०, पुनर्वासमा ५०, बेलौरी नगरपालिकामा ४५, लालझाँडी गाउँपालिकामा १८ र बेलडाँडी गाउँपालिकामा २३ गरी जिल्लामा ३ सय ४० शैयाको क्वारेन्टाइन तयार छ ।
तीमध्ये बेदकोट नगरपालिकामा ११ जना, पुनर्वासमा ५, बेलौरी नगरपालिकामा ३, लालझाँडी गाउँपालिकामा १० र बेलडाँडी गाउँपालिकामा ९ गरी जम्मा ३८ जनामात्रै क्वारेन्टाइनमा छन् ।

जहाँ ४ हजार २ सय ८२ जना भारत, कतार, मलेसिया, युएई, जर्मनी, साउदी अरबिया लगायतका मूलकबाट आएका छन् । भीमदत्त नगरपालिका–४ स्थित स्थापना गरिएको क्वारेन्टिनमा दशगजा क्षेत्रमा अलपत्र ६८ जनालाई उद्दार गरी राखिएको प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *