केरा किसानको चिन्ताः बारीमै पाक्यो, बिक्री भएन

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
चितवन, २० चैत


देशभर लकडाउनको असर हरेक क्षेत्रमा भएसंँगै यसको असर केरा किसानमा पनि परेको छ । हाल केराको बिक्री र उत्पादनको उत्तम सिजन शुरु भएपनि अहिले चितवनका केरा किसानको केरा बिक्रीका लागि तयारी छन त कतिपय किसानको बारीमै केरा पाक्न थालेको छ । लकडाउनको अवधि लम्बिदै जांँदा यसको असर केरा किसानमा पर्न थालेको हो । उपभोक्ताको माग उच्च भएपनि थोक क्रेता एवं मण्डी वालाले केरा नलिदाँ यस्तो समस्या निम्तिएको हो । अघिल्ला बर्ष केरा बिक्री गर्न भ्याइनभ्याई रहेका किसान अहिले फूर्सदिला बनेका छन् । चितवनका हरेक किसान केराको बजारीकरण कसरी गर्ने भन्ने बिषयमा समेत चिन्ता थपिएको बताउंँछन ।
रत्ननगरनगरपालिका वडा नम्बर १३ का रामकुमार श्रेष्ठ केरा बारीमै पाकेपनि बिक्री हुन नसकेको बताउंँछन् । ‘केरा बारीमै पाक्यो, बिक्री नै हुदैन’ उनले भने । केराको बढी उत्पादन र बिक्री हुने सिजन शुरुभएपनि लकडाउनले बिक्री नभएको उनको गुनासो छ । ‘काठमाडौका व्यापारीले फोन पनि उठाउन छाडे उनले भने, स्थानीय बजारमा पनि बिक्री हुन छाड्यो । ’
रत्ननगरनगरपालिका वडा नम्बर १२ का किसान पुण्य देवकोटा सरकारले यसलाई सहज नबनाउंँदा बारीमै केरा कुहिएर खेर जाने बताउंँछन् । ‘ स्थानीय प्रशासनले पनि पास दिदैन, हामीले कसरी मार्केटिङ गर्ने ? उनले प्रश्न गरे । केरा लामो समयसम्म भण्डारण गर्न नसकिने हुंँदा चिन्ता थपिएको उनको भनाइ छ ।
खैरहनी नगरपालिका वडा नम्बर ४ चैनपुरका किसान यज्ञ सुबेदी केरा बेच्नलाई सबै तयार हुंँदा पनि बिक्री नहुंँदा लाखौंको नोक्सान हुने बताउंँछन् । ‘ लकडाउनले गर्दा अर्डर पनि आउंँदैन, हप्तौं भयो बगैचा पनि नगाको । ’ ढुवानी सहज नहुंँदा र बाहिर निस्कन नपाउंँदा बगैचामा रहेका केरा कुन अवस्थामा रहेको थाहा नभएको उनले बताए । अहिलेपनि भारतबाट केरा भित्रिएको तर नेपाली केराले बजार नपाएको उनको गुनासो छ । संघका पुर्व अध्यक्ष सुबेदीले चितवनका पांँच ठाउंँमा गरी ७० विघामा केराखेती गर्दै आएका छन् ।
संघका घननाथ महत्तो केरा पाक्यो व्यवस्थापन गरिदिनु भनेर दैनिक किसानको फोन आएको बताउंँछन् । केरा विक्रीको लागि स्थानीय तह, प्रशासन सँग समन्वय गरेपनि अर्डरनै नआउंँदा किसानहरु आत्तिन लागेको उनको भनाइ छ ।‘ ‘उपभोक्ताले खान पाएका छैनन, उनले भने ,के्रताले किन्न मानेका छैनन् ।’ बिक्री नहुने भन्ने डरले बिक्रेताले समेत जोखिम मोल्न नसकेको महत्तोले बताए । यसका लागि सरकार, प्रशासन तथा व्यापारीले वैकल्पिक उपाय निकाल्नु पर्ने उनको धारणा छ ।
संघको तथ्यांक अनुसार जिल्लामा तीन हजार विघा भन्दा बढीमा केराखेती हुदै आएको छ, संघमा मात्रै ७ सय जना कृषक आवद्ध छन् । यहांंँ गतबर्ष मात्रै डेढ अर्ब बराबरको केरा बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *