स्वर्गद्वारी नगरपालिकाले क्वारेन्टाइनमा बस्नेलाई दैनिक भत्ता उपलब्ध गराउने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
प्यूठान, २० चैत


प्यूठानको स्वर्गद्वारी नगरपालिकाले क्वारेन्टाइनमा बस्नेलाई दैनिक भत्ता दिने भएको छ । भारत तथा तेस्रो मुलुकबाट आएर कवारेन्टाइनमा बस्ने नगरबासीलाई दैनिक भत्ता दिने भएको हो । पछिल्लो समय बिदेशबाट आएका जिल्लाबासी क्वारेन्टाइन नबस्ने गरेकाले स्वर्गद्वारी नगरपालिकाले उनीहरुलाई क्वारेन्टाइनमा बसाल्न यस्तो जुक्ती निकालेको हो । नगरपालिकाको कार्यपालिका बैठकले क्वारेन्टाइनमा बसेकालाई खाद्यान्न स्वरुप १४ दिनसम्मको लागि दैनिक प्रतिब्यक्ति २५० का दरले ३ हजार ५ सय रकम उपलब्ध गराउने निर्णय गरेको स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण बिश्वभरी फैलिएको र संक्रमित देशबाट आएका नगरवासीबाट नगरभित्र कोरोना फैलिने भएकाले सबैलाइ सुरक्षित राख्न यो कदम चालिएको उनको भनाइ छ । ‘जिल्लामा क्वारेन्टाइनबाट बिदेशबाट आएका नागरिक भाग्ने गरेका छन त्यस्तो कामलाइ रोक्न नगरपालिकाले यो या्ेजना बनाएको हो’ उनले भने ।
त्यस्तै नगरपालिकाले नगरक्षेत्रका अति गरिब विपन्न मजदुरलाई खाद्यान्न उपलब्ध गराउने भएको छ । कोरोना भाइरसका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिक भोकभोकै मर्ने अबस्था आउने भएपछि खाद्यान्न उपलब्ध गराउने तयारी गरेको नगरपालिकाले जनाएको छ । यस अघि नै खाद्यान्न उपलब्ध गराउन थालेका हुन् । उनीहरुले परिवार हेरेर १५ दिन देखि १ महिनासम्मका लागी खाद्यान्न उपलब्ध गराउने निर्णय गरेका थिए । सोही अनुसार आजदेखि नौबहिनी गाउँपालिकाका पािलकाभित्रका करिब ४०० घर परिवारलाई बुधबारदेखि राहत उपलब्ध गराउन थालेको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालले जानकारी दिए ।

२० लाखको कोष स्थापना

बिश्वभरी महामारीको रुपमा फैलिदै आएको नोबेल कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वर्गद्वारी नगरपालिकाले कोष स्थापना गरेको छ । कोरोना भाइरसलाइ लक्षित गरी नगरपालिकाले २० लाखको कोष स्थापना गरेको नगरपालिकाले जनाएको छ । नरपालिकाका अनुसार कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि कोष स्थापना गरिएको हो । नगरपालिकाले स्थापना गरेको कोष क्वारेन्टाइन ब्यवस्थापन, औषधि उपचार, मजदुर विपन्न परिवारलाई राहत उपलब्ध गराउने लगायतका काममा खर्च गर्ने नगर प्रमुख रोकायले बताए । यसका लागस् नगरपालिकाले नगरका ८ वटै वडामा तथ्यांक संकलनको काम शुरु गरेका छ । नगरपालिकाका अति विपन्न परिवार हेरेर खाद्यान्न उपलब्ध गराउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *