ताप्लेजुङमा २० वार्डको आइसोलेशन कक्ष निर्माण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
ताप्लेजुङ, १२ चैत


कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई दृष्टिगत गर्दै ताप्लेजुङमा २० वार्डको आइसोलेशन कक्ष तयार गरिएको छ । सदरमुकाम स्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको भवनमा आइसोलेशन कक्ष तयार गरिएको हो ।

यस्तै अवस्था हेरी रेडक्रस, पाथिभरा क्षेत्र विकास समिति, फुङलिङ नगरपालिकाको निर्माणाधीन भवनमा समेत आइसोलेशन कक्ष निर्माण गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार जिल्लाभरका एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने समेत निर्णय भएको छ ।

यता आज बुधवारदेखि पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने काबेलीमा हेल्थ डेक्सको स्थापना गरिने भएको छ । यस अघि सुकेटारमा हेल्थ डेक्स राखिएको छ भने विभिन्न गाउँपालिकाहरुमा समेत राख्ने तयारी भएको जिल्ला समन्वय समिति प्रमुख तथा कोरोना भाइरस रोग नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक घनेन्द्र मादेनले जानकारी दिए । संक्रमण रोकथाम, व्यवस्थापन तथा स्वास्थ्य उपचारका लागि जनशक्ति व्यवस्थापनको आवस्यक तयारी पनि भइरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *