प्राचिन चट्टान अभिलेख

विचार समाचार
संगिता ढकाल
ताथली, असार १५
चाँगुनारायण नगरपालिका वडा नं. ९ मा रहेको प्राचिन चट्टान अभिलेख ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको चट्टान अभिलेख हो ।
बि.सं. २०७६ मा चट्टान अभिलेख पत्ता लागेको बारे आमसञ्चारमार्फत सार्वजनिक भएर पनि सम्बन्धित निकायले चट्टान अभिलेखको यथोचित संरक्षणको पहल थालेको छैन । चट्टान अभिलेखमा रञ्जना लिपीमा अक्षर कुँदिएका छन् । अभिलेखको माथिल्लो भागमा घोडा, सिंह, हात्ती र जुधिरहेको साँढेको आकृति कुँदिएको छ ।
भक्तपुर च्याम्हसिंहबाट ५ किलोमिटर पूर्व गएपछि छाप पुगिन्छ । पिच सडक छोडी करीब १५ मिनेटको कच्ची बाटो हिंडेपछि चट्टान अभिलेख रहेको ‘ठूलोढुङ्गा’ पुगिन्छ । स्थानीयबासी र चाँगुनारायण न.पा. वडा नं. ९ कार्यालयको पहलमा गत वर्ष ठूलो ढुङ्गाको चट्टान अभिलेख सुरक्षित गर्न सामान्य तारबार लगाइएको छ तर पुरातत्व विभाग तथा संस्कृति मन्त्रालयको ध्यान नगएको स्थानीयको गुनासो छ ।
उचित संरक्षण नहुँदा चट्टान अभिलेखमा केरमेट हुने र घामपानीले नष्ट हुने सम्भावना छ । दक्षिण एसियामै दुर्लभ मानिएको भक्तपुरको चट्टान अभिलेख नष्ट भएमा प्रशस्त कला र देशको इतिहासको प्रमाण समाप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *